काठमाडौं । पर्यटन मन्त्री रविन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटनामा परेको अपुष्ट खबर प्राप्त भएको छ ।
गृह सचिव प्रेम कुमार राईलाई उदृध गर्दै नेपाल कम्युनिष्ट पार्टीकी एक सांसदले भनिन् हाम्रो गृहमा बैठक थियो, स्थगित गरेर सबैजना घटनाको आधिकारिकता बुझ्न लाग्नु भएको छ ।
मन्त्री अधिकारी ताप्लेजुङमा विमानस्थल निरिक्षणका क्रममा गएको जानकारी प्राप्त भएको छ ।
पर्यटन मन्त्रीका स्वकिय सचिव अर्जुन अधिकारी पनि अपुष्ट खबरले अन्यौलमा परेको बताउँछन् ।
हेलिकप्टरमा अर्का एक सांसद सहित ६ जना सवार थिए ।
यो समाचार तयार गर्दासम्म घटनाको पुष्टि हुन सकेको छैन ।
२०७५ फागुन १५ गते प्रकाशित
वि.सं.२०७५ फागुन १५ बुधवार १४:०७ मा प्रकाशित