back
NMB ad

सेयरधनीका लागि नेपाल लाइफको ४८.५ प्रतिशत लाभांश प्रस्ताव

Kumari bank ad

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले आफ्ना सेयरधनीका लागि ४८.५ प्रतिशत लाभांशको प्रस्ताव गरेको छ । यो कम्पनीको फागुन १७ गते बसेको संचालक समितिको २८२ औं बैठकले आर्थिक वर्ष २०७४र७५ को मुनाफाबाट कुल ४८.५ प्रतिशत लाभांश वितरणको घोषणा गरेको हो ।

कम्पनीले आफ्ना सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको समेत गरी २३।५ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको हो । यो हिसाबले कम्पनीले बोनस सेयरको रुपमा १ करोड ९ लाख ९२ हजार ३२१।६२ कित्ता सेयर बोनसको रुपमा वितरण गर्नेछ । यस्तै, नगद लाभांशको रुपमा १ अर्ब ३ करोड ३२ लाख ७८ हजार २३२.२८ रुपैयाँ वितरण गर्नेछ ।

यो प्रस्ताव बिमा समितिबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।गत वर्ष नेपाल लाइफले ४२ प्रतिशत बोनस सेयर र २८.५३ प्रतिशत नगद लाभांश गरी कुल ७०.५३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

इन्स्योरेन्सले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा १० अर्ब ४७ करोड ५४ लाख रुपैयाँ खुद बीमा शूल्क आर्जन गरेको छ भने २८ करोड ५ लाख रुपैयाँ खुद नाफा गरेको छ ।

चुक्ता पूँजी ४ अर्ब ३९ करोड रुपैयाँ रहेको कम्पनीले यस अवधिमा प्रतिशेयर आम्दानी १२ रुपैयाँ ७६ पैसा, प्रतिशेयर नेटवर्थ १९३ रुपैयाँ ३८ पैसा र मूल्यआम्दानी अनुपात ८६।५२ गुणा बढी छ।

२०७५ फागुन १९ गते प्रकाशित

वि.सं.२०७५ फागुन १९ आइतवार १२:५९ मा प्रकाशित

You can share this post!

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:३०

साओ पाउलो, २२ वैशाख : ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे...

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:२५

काठमाडौँ, २२ वैशाख : एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु...

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:१८

काठमाडौँ, २२ वैशाख : ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले...

वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने   

वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १२:५६

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ विरुद्धको ट्वान्टी–२० शृङ्खलाको...

ब्याक टु लाइफको सहयोगमा गोलन्जर अस्पताल भवन निर्माण सुरु

ब्याक टु लाइफको सहयोगमा गोलन्जर अस्पताल भवन निर्माण सुरु

वि.सं.२०८१ वैशाख २२ शनिवार १२:०९

सिन्धुली । गोलन्जोर गाउँपालिकामा सुविधा सम्पन्न अस्पताल बन्ने भएको छ...

बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा   

बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ११:५७

मकवानपुर (हेटौँडा), २२ वैशाख : बागमती प्रदेश संस्कृति, पर्यटन तथा...