back
NMB ad

राष्ट्रिय वाणिज्य बैंकको १३ औं वार्षिक साधारण सभा सम्पन्न

Kumari bank ad

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको तेह्रौं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ । साधारण सभाले आर्थिक वर्ष २०७४/०७५ को वार्षिक प्रतिवेदन पारित गरेको छ । नेपाल सरकार संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं बैंक संचालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङ्गको अध्यक्षतामा सम्पन्न सो वार्षिक साधारण सभामा अध्यक्ष गुरुङ्गले प्रतिवेदन प्रस्तुत गर्नुहुंदै राष्ट्रिय वाणिज्य बैंक विश्वासनीय भएको र आगामी दिनमा थप सृदृढ बनाउने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

साधारण सभामा बैंकका शेयरधनीहरु क्रमशः नेपाल सरकारका अर्थ मन्त्रालय, महालेखा नियन्त्रकको कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालय, भौतीक पूर्वाधार तथा यातायात मन्त्रालय, कृषि, भुमी व्यवस्था तथा सहकारी मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयका प्रतिनीधि तथा सार्वसाधारण शेयरधनिहरुको उपस्थिति रहेको थियो । अध्यक्ष गुरुङ्गले प्रस्तुत गर्नुभएको प्रतिवेदन माथी शेयरधनिहरु दामोदर प्रसाद रेग्मी, निरज्नकुमार तिवेडेवाल र अमृतनाथ रेग्मीेले टिप्पणी गर्नुका साथै बैंक सुधारको निमित्त विभिन्न सुझाब सहितको धारण राख्नुभएको थियो । सो टिप्पणी एवं जीज्ञासाबारे बैंक संचालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङ्गले जवाफ दिनुभएको थियो ।

सो साधारण सभामा बैंकका संचालक समितिका सदस्यहरु निर्मलहरि अधिकारी, रबीन्द्रलाल श्रेष्ठ, जनककुमार बराल, अर्जुनबहादुर अधिकारी, डा. माधबप्रसाद दाहाल, प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृतद्धय कबिराज अधिकारी, सुशिल श्रेष्ठ, उपकार्यकारी अधिकृत टेकराज जोशी, महेन्द्रप्रसाद अवस्थी र विभागीय प्रमुखहरु लगायतकोे उपस्थिती रहेको थियो । साभारण सभालाई कम्पनी सचिव भोलानाथ पौडेलले सहजीकरण गर्नुभएको थियो ।

बैंकको हाल ७७ जिल्लामा २१७ वटा शाखा कार्यालय, १६५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । चालु आ.व.को दोश्रो त्रैयमास सम्म बैंकले १ खर्ब ८१ अर्ब रुपैंया निक्षेप संकलन, १ खर्ब ३४ अर्ब रुपैंया कर्जा लगानी र २ अर्ब ४१ करोड रुपैंया खुद मुनाफा गरेको छ ।

२०७५ चैत ५ गते प्रकाशित

वि.सं.२०७५ चैत ५ मंगलवार ०९:५१ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...