back
NMB ad

प्रियंका र आयुषमानसँग मोःमोको मज्जा, उनीहरुलाई भेट्न फ्यानहरुको भिड

Kumari bank ad

काठमाडौं । कोका–कोला मोःमोःउत्सव, कोका–कोला नेपालद्वारा आयोजित एक लोकप्रिय वार्षिक उत्सव हो । जुन उपभोक्तालाई चिसो कोका–कोलासँग मःमको मज्जा लिदै नयाँ वर्षको शुरुवात गर्न संचालन गरिएको हो । यो कोका–कोला मोःमोःउत्सवको चौथो वर्ष हो जसको नारा कोक र मःमः पर्फेक्ट जोडी रहेको छ र उपत्यका लगायत देशभरका प्रमुख शहरका विभिन्न होटल तथा रेष्टुरेन्टहरुमा संचालन भईरहेको छ ।

प्रियंका र आयुषमान आफैमा पर्फेक्ट जोडी हुन् जो अर्को जोडी कोक र मःमःलाई पूर्ण गर्न विभिन्न होटल तथा रेष्टुरेन्टहरुमा भ्रमण गरिरहेका छन् । प्रियंका कार्की र आयुषमान देशराज जोशीले काठमाडौंको डल्ले र पेपे पिज्जाका आउटलेटहरु भ्रमण गरेर विभिन्न परिकारका मःमः र कोका–कोलाको मज्जा लिँदै यो उत्सवको नयाँ तरङ पैदा गरेका छन् ।

प्रियंका र आयुषमानले गत सोमबार लबिम् मल, जाउलाखेल र कमलादीको डल्ले रेष्टुरेन्ट र बालाजु, महाराजगञ्ज, अनामनगर, त्रिपुरेश्वरको पेपे पिज्जाका आउटलेटहरु भ्रमण गर्दै कोका–कोला र मःम प्रेमी शुभचिंतक र शुभेच्छुक र आउटलेट संचालकसँग बसेर रमाइलो गरेका छन् । कोका–कोला र मःमःको अनुभव बढाउन आएका फ्यानहरु प्रियंका र आयुषमानसँग भेट्ने अवसर पाउँदा हर्षित देखिएका छन् । फ्यानहरुले कोका–कोला र मःमको मज्जा लिनुको साथै आफ्नो मनपर्ने कलाकारलाई भेटेर कुराकानी गर्ने र फोटो खिच्ने अवसर पनि पाएका थिए ।

प्रियंका कार्कीले म कोका–कोला मोःमोःउत्सवमा विगत ३ वर्षदेखि लगातार सहभागी हुँदै आइरहेकी छु । यो मेरो लागि निश्चयनै सम्मानको कुरा हो । यस अभियानमार्फत मैले चिसो कोका–कोलाको साथ विभिन्न परिकारको स्वादिलो मःमको मज्जा लिन पाए । मलाई फ्यानहरुसँग बसेर मःम र कोका–कोलाको मज्जा लिन अवसर जुराई दिएकोमा म कोका–कोला नेपाललाई आभार प्रकट गर्न चाहान्छु । म अन्य आउटलेटहरु पनि भ्रमण गर्दैछु , तपाई सम्पूर्ण कोका–कोला र मःमः प्रेमीहरुलाई त्यही भेट्ने आशा राखेकी बताइन् ।

२०७५ चैत ८ गते पकाशित

वि.सं.२०७५ चैत ८ शुक्रवार ०९:०९ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...