back
NMB ad

अब जाजरकोटको शिवालयमा पनि सिभिल बैंकको शाखा

Kumari bank ad

काठमाडौं । सिभिल बैंक लिमिटेडले जाजरकोट जिल्लाको शिवालय गाँउपालिकामा शाखा स्थापना गरेको छ । सो शाखाको उद्घाटन कर्णाली प्रदेश सभा सदस्य माननीय करबीर शाहीले गर्नुभयो ।

उक्त शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा कर्णाली प्रदेश सभा सदस्य माननीय कर बीर शाही, सिभिल बैंकका प्रमुख माईक्रो बैकिंग यूवराज गुरागाईं, जाजरकोट जिल्ला समन्वय समितिका प्रमुख मन बहादुर रावल, शिवालय गाँउपालिकाका अध्यक्ष नरेन्द्र कुमार शाही, शिवालय गाँउपालिकाका उपाध्यक्ष कुमारी थापा, शिवालय गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत धनीराम शर्मा लगायत सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा कर्णाली प्रदेश सभा सदस्य माननीय करबीर शाहीले अहिलेपनि नेपालको कूल ४०% जनताले मात्र बैकिंग गर्ने र सो ४०% भित्रको ४२%ले मात्र ऋण सुविधाको उपभोग गर्ने गरेको र बैंकको उपस्थितिविना संघीय नेपालको समृद्धि हुन नसक्ने कुरा प्रस्ट्याउनु भयो । ग्रामीण भेगमा बैंकको शाखा बिस्तार हुँदा बित्तिय साक्षरताको अभिबृद्धी हुने र यसरी नै सबैको सहयोग मिलेमा देशमा आर्थिक सम्बृद्धी आउने कुरा वहाँले बताउनु भयो ।

स्थानीय तहमा बैंकको आवश्कता महसुस गरेर सिभिल बैंकले आफ्नो शाखा जाजरकोट जिल्लाको शिवालय गाँउपालिकामा स्थापना गरेकोमा शिवालय गाँउपालिकाका अध्यक्ष नरेन्द्र कुमार शाहीले खुशी व्यक्त गर्नुभयो । सिभिल बैंकका प्रमुख माईक्रो बैकिंग यूवराज गुरागाईंले ग्रामीण भेगको आर्थिक विकासको लागि बैंक अपरिहार्य रहेको बताउनुभयो । नेपाल राष्ट्र बैंकले स्थानियस्तरमा बित्तीय पहुँच पु¥याउने नितीलाई आत्मसात गर्दै सिभिल बैंक लिमिटेडले जाजरकोट जिल्लाको शिवालय गाँउपालिकामा शाखा संचालनमा ल्याई जिल्लावासीलाई सहयोग गर्न पाएकोमा उहाँले खुसी ब्यक्त गर्नुभयो ।

सिभिल बैंकले आफ्ना ग्राहकवर्ग तथा अन्य सम्पूर्ण सरोकारवालाहरुका हितलाई ध्यानमा राखी बचत परिचालनका योजनाहरु ल्याउने र स्थानिय अर्थतन्त्रको विकासका लागी उत्पादनमुलक क्षेत्रको लगानीमा जोड दिनुका साथै प्रविधिकेन्द्रित सेवा सुविधालाई परिस्कृत गर्दै लैजाने र आफ्नो पहुँचलाई विस्तार गर्दै व्यवसाय अभिवृद्वि गर्दै जाने कुरा पनि बैंकका प्रमुख माईक्रो बैकिंग यूवराज गुरागाईंले बताउनु भयो । सिभिल बैंकले हालसम्म करीब ३००,००० ग्राहकहरु रहेको, करीब रु.४४ अर्व निक्षेप परिचालन गरी करीब रु.४४ अर्व कर्जा लगानी गरेको छ । शिवालय शाखासहित यस बैंकको कुल शाखा संख्या ७४ पुगेकोे बैंकले जनाएको छ ।

२०७५ चैत २२ गते प्रकाशित

वि.सं.२०७५ चैत २२ शुक्रवार १६:२५ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...