back
NMB ad

इसेवाको मोबाईल एप्स् दश लाख भन्दा बढी डाउनलोड, वित्तीय सेवा क्षेत्रमा सबैभन्दा बढी

Kumari bank ad

काठमाडौं । नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी इसेवा फोनपे प्रालीको मोबाईल एप्स् डाउनलोड गर्नेको संंख्या दश लाख नाघेको छ । यो संख्या नेपालका बैंक, वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायक कम्पनीहरूमध्ये सबैभन्दा धेरै हो । पछिल्लो समय नेपालीहरू मोबाईल तथा इन्टरनेट मार्फत भुक्तानी गर्न अभ्यस्त हुँदै गइरहेको सन्दर्भमा इसेवाको मोबाईल एप्स् डाउनलोड गर्नेको संख्या दश लाख भन्दा माथि पुगेको हो ।

सन् २०१० जनवरी २५ बाट आफ्नो सेवा सुरू गरेको इसेवाको करिब १५ लाख ग्रहाक मध्ये मोबाईल एप्स्बाट कारोबार गर्नेहरू नै दश लाख पुगेका हुन् । यस्तै देशभर रहेका जोन, पोइन्ट तथा मोबाईल बैंकिङ मार्फत ७५ लाख बढीले इसेवाका सेवा लिइरहेका छन् । हाल इसेवाका देशभर करिब ५० हजार एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन् ।

मोबाईल एप्स् डाउनलोड गर्नेको संख्या दश लाख पुगेको उपलक्ष्यमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भन्नुभयो ‘मोबाईल लाई कुराकानी गर्ने माध्यमबाट भुक्तानी सेवा, रेमिट्यान्स्, किनमेल तथा वित्तिय कारोबार गर्ने साधनका रूपमा स्थापित गर्ने क्रममा दश लाख एप्स् डाउनलोड हुनुले हामीलाई थप हौसला मिलेको छ । आगामी दिनमा पनि नेपालका शहर देखि ग्रामिण भेगसम्म मोबाईल वित्तिय सेवालाई अझ व्यापक बनाइ दैनिक जनजीवन सहज बनाउने कार्यमा निरन्तर लागिरहनेछौँ ।’

इसेवा हाल मुलुकका हरेक कुनाकाप्चामा पुग्न सफल भएको छ । मोबाईल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने इसेवाले यो एक दशकको अवधिमा ठुलो फड्को मारेको छ भने आम मानिसलाई लाइन बसेर बिल भुक्तानी गर्नुपर्ने झञ्जटबाट मुक्ति दिएको छ ।
इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुई सय ५० भन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५१ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

२०७५ चैत २८ गते प्रकाशित

वि.सं.२०७५ चैत २८ बिहीवार १२:५६ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...