back
NMB ad

एनआईबिएल एस क्यापिटलको निः शुल्क डिम्याट खाता

Kumari bank ad

 

काठमाडौं । एनआईबिएल एस क्यापिटल लिमिटेडले नेपाल सरकारको “एक नेपाली, एक डिम्याट खाता” अभियानलाई सार्थक बनाउन बैशाष १ गते देखि सिमित अवधिका लागि निःशुल्क डिम्याट खाता खोल्ने सुविधा प्रदान गर्ने जानकारी गराएको छ ।

एनआईबिएल एस क्यापिटल नेपाल इन्भेष्टमेन्ट बैंक लि. को पूर्ण स्वामितवमा रहेको नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सहायक कम्पनी हो ।

यस अभियानबाट बिशेषतः पूँजी बजार भन्दा बाहिर रहेका गृहणी महिला, विद्यार्थी तथा नयाँ लगानीकर्ताहरुलाई फाईदा पुग्ने र सर्वसाधारणहरुमा डिम्याट खाताको पहुंच बुद्धि हुने विश्वास समेत कम्पनीको रहेको छ ।

यो सुबिधा एनआईविएल एस क्यापिटल लिमिटेडको मुख्य कार्यालय लाजिम्पाट लगायत कम्पनीको लालदरवार, ललितपुर, पोखरा, वीरगञ्ज, विराटनगर र वुटवल स्थित शाखा कार्यालयहरु तथा नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरुबाट पनि प्राप्त गर्न सकिनेछ ।

यस कम्पनीले निक्षेप सदस्य लगायत निष्काशन तथा बिक्री प्रबन्धक, धितोपत्रको प्रत्याभुति, लगानी ब्यबस्था सम्बन्धी कार्यहरु लगायत विभिन्न बैंक÷वित्तीय संस्था, होटल, जलविद्युत, लघुवित्त संस्था, जीवन तथा निर्जिवन बीमा कम्पनीहरु गरी जम्मा ४० कम्पनीका करिब १४ लाख शेयरधनीहरुलाई शेयर रजिस्ट्रार सम्बन्धी सेवा पुर्याउदै आइरहेको छ । यसका साथै एनआईविएल एस क्यापिटलले सामुहिक लगानी कोष अन्तर्गत एनआईबिएल समृद्धि फण्ड—१ र एनआईबिएल प्रगति फण्डको कोष ब्यबस्थापकको कार्य समेत गर्दै आएको छ ।

२०७६ बैशाख ३ गते

वि.सं.२०७६ वैशाख ३ मंगलवार १२:२० मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...