back
NMB ad

हस्तान्तरणको पर्खाइमा लाप्राक नमूना वस्ती

Kumari bank ad

काठमाडौं । गैरआवासीय नेपाली संघ ले नेपालमा गएको महाविनाशकारी भूकम्पको चौथो वर्षको अवसर पारेर गोर्खाको धार्चे गाउँपालिकाको गुप्सीपाखामा निर्माणाधिन लाप्राक नमूना वस्तिको अवलोकनका साथै लाभग्राहीहरुसँग अन्तरक्रिया र्गयो । हालै आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले भुकम्प पिडितको लागि निर्माण भएको नमुना बस्ती छिट्टै विशेष कार्यक्रमको आयोजना गरेर हस्तान्तरण गरिने बारे जानकारी दिनुभयो । उहाँले वस्ती बनेको गुप्सीपाखामा सामुदायिक भवन लगायतका अन्य संरचना, पूर्वाधार आदिका कुराका लागि पहल भईरहेको बारे अवगत गराउनु भयो ।

अध्यक्ष भट्टले नमूना बस्तीको रंगरोगन सहित बाह्य संरचनाको सम्पूर्ण काम सकिएको बताउँदै लाप्राकवासीहरुको धैर्यताको लागि धन्यवाद व्यक्त गर्नुभयो । उहाँले निर्माण कार्यमा संलग्न नेपाली सेनाको कामको उच्च कदर गर्दै सेनालाई समेत धन्यवाद दिनु भयो । लाप्राकमा ५७३ घरको निर्माण सकिएर अन्तिम चरणको संरचनागत विकासको काम भइरहेको छ । प्रतिकुल मौसम र भौगोलिक विकटताको कारणले सो परियोजना निर्माणमा ढिलाई भए पनि अब सम्पन्न हुने क्रममा रहेको छ । अध्यक्ष भवन भट्ट आफै उपस्थित भएर निर्माण कार्यलाई गतिदिन पहल गरिरहनु भएको छ ।

नमुना बस्ती निर्माण समितिको संयोजक तथा गैरआवासीय नेपाली संघकी उपाध्यक्ष सपीला राजभण्डारीले अन्तरक्रिया कार्यक्रममा बोल्दै परियोजनाको प्रगतिका बारेमा जानकारी गराउनुका साथै नमूना वस्ति निर्माण कार्यमा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नु भयो । समारोहमा धार्चे गाउँपालिकाकी उपप्रमुख फूलमायाँ गुरुङ्गले गैरआवासीय नेपाली संघले गरेको सहयोग प्रति लाभग्राहीको तर्फबाट धन्यवाद दिंदै गाउँपालिकाले वस्तिलाई साँच्चैको नमूना वस्तिका रुपमा रुपान्तरण गर्न सक्दो सहयोग गर्ने आश्वासन दिनु भयो ।

कार्यक्रममा गाउँपालिकाका पदाधिकारी र सदस्यहरु, स्थानिय समुदाय तथा बस्ती निमार्णमा खटिएका नेपाली सेनाको प्रतिनिधीहरु लगायत अन्य सरोकारवालाहरुको सहभागिता थियो ।

२०७६ बैशाख १६ गते प्रकाशित

वि.सं.२०७६ वैशाख १६ सोमवार ०९:४८ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...