back
NMB ad

पुस्तक, कापी र पेन्सिल लिएर बिद्यालय पुगे सांसद महत

Kumari bank ad

कावासोती । बैशाख २ गते देखि भर्ना अभियान देशै भरि चलेको छ । अभियानकै क्रममै देशभरका बिद्यालय उमेरका बालबालिकाहरु बिद्यालयमा भर्ना भइरहेका छन् । भर्ना अभियान चलिरहेका बेला नवलपुर जिल्ला क्षेत्र नम्बर २ का संघीय सांसद तिलक महतले हातभरि किताब, कापी, पेन्सिल , किताबका गाँता र दुई प्याकेट चक्लेट लिएर बिद्यालय छिर्नु भयो ।

यसरी बिद्यालय छिर्नुको कारण थियो गत बर्ष आफैले अभिभावकत्व ग्रहण गरेकी स्वस्तिका कुमालको भर्ना गर्नलाई । देशैभरि जनप्रतिनिधिले गत बर्ष बालबालिका भर्ना गर्दै अभिभावकत्व ग्रहण गरे । सांसद महतले भने यस बर्ष पनि ती बालिकाको भर्नामा बिद्यालय पुग्नुभयो । बाबु चिन्न नपाएकी मध्यविन्दु –७ अम्रसाकी ४ बर्षीया बालिका स्वस्तिका कुमाललाई कक्षा नर्सरीमा भर्ना गरी अभिभावकत्व ग्रहण गर्नुभएका महतले यस बर्ष पनि लक्ष्मी आदर्श आधारभूत बिद्यालयमा स्वस्तिका कुमाललाई कक्षा एल. के .जीमा भर्ना गरी अभिभावकत्व ग्रहणलाई निरन्तरता दिनुभएको हो ।

उनी नर्सरीमा प्रथम भएपछि सांसद महतलाई फोन गरेर जानकारी दिएकी थिइन् । तिलक बा लाई फोन गर्छु भनेपछि बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद पोखरेलले स्वस्तिका र महत बीच कुरा गराउनु भएको थियो । त्यसो त महत परिवार संग स्वस्तिकाको राम्रो चिनजान छ । तिलक बा लक्ष्मी आमा र मेरो दिदी काठमाण्डौंमा बस्नुहुन्छ दिदी श्रद्धाको कक्षा १२ को परिक्षा भएपछि भेटघाटमा आउनुहुन्छ उनले खुसी हुदै भनिन् ।

बिद्यालयमा महत छिर्ने बित्तिकै काखमा आएकी उनले हजुरआमा (शान्ति कुमाल) पनि संगै आएको इसारा गरिन । बिद्यालयले महतलाई स्वागत गर्दै बिद्यार्थी भर्नामा सरिक गरायो । महतले स्वतिकाको भर्ना गर्नुभयो । ड्रेसका लागि बिद्यालयलाई रकम उपलब्ध गराउनु भयो भने स्वतिकालाई पुस्तक, कपी, पेन्सिल प्रदान गर्नुभयो बिद्यालयका प्रधानाध्यापक ऋषिराम भुसालले भन्नुभयो –‘बिद्यालयको भौतिक पूर्वाधारमा समेत सांसदले यस बर्ष केही गर्छू भन्नुभएको छ , स्वतिकाको पढाइको बारेमा उहाँले उच्च शिक्षा सम्म अध्ययन गराउछु भन्नु भा’ छ । ’
महतले अभिभावकत्व ग्रहण गरेकी बालिकाले बुवा चिनिनन् भने आमाको काख समेत राम्ररी पाउन सकिनन् ।

हजुरआमाको काखमा हुर्केकी यी बालिकाको अभिावकत्व ग्रहण गरेका महत गाउँलेहरुका नजरमा समेत धन्यवादको पात्र हुनुहुन्छ मध्यविन्दु –७ का वडाध्यक्ष अमृत ज्ञवालीले भन्नुभयो । आमा दोस्रो विवाह गरे पूर्वतिर रहेको स्वतिकाकी हजुर आमा शान्ति कुमालले बताउनुभयो ।

२०७६ बैशाख १७ गते प्रकाशित

वि.सं.२०७६ वैशाख १७ मंगलवार ११:०४ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...