back
NMB ad

वित्तीय साक्षरता बढाउन एनबिआई र देवः विकास बैंकबीच सम्झौतामा

Kumari bank ad

काठमाडौं । नेशनल बैंकिङ्ग ईन्स्टिच्यूट लिमिटेड (एनबिआई) र देवः विकास बैंक लिमिटेडका बीच वित्तीय साक्षरता कार्यक्रमलाई प्रभावकारी ढङ्गले दु्रत गतिमा विस्तार गर्ने सम्बन्धी एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । साथसाथै बैंकमा कार्यरत कर्मचारीहरुलाई बिशिष्टिकृत बैंकिङ्ग प्रमाणीकरण प्रदान गर्ने हेतुले जेएएनबिआई कोर्सको विषयमा पनि सम्झौता भएको छ । उक्त सम्झौतामा नेशनल बैंकिङ्ग ईन्स्टिच्यूटको तर्फबाट प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बा र देवः विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय बहादुर श्रेष्ठले हस्ताक्षर गर्नुृभएको थियो ।

सम्झोैता पत्र अनुसार नेशनल बैंकिङ्ग ईन्स्टिच्यूट लि. ले बनाएको वित्तीय साक्षरता सम्बन्धी मोबाईल एप्को संरचना र सुविधाहरु बारे देवः विकास बैंकका कर्मचारीहरुलाई विस्तृत जानकारी प्रदान गरिने छ । बैंकले आफ्ना नेपाल भरी रहेका शाखामा कार्यरत कर्मचारीहरुलाई एनबिआई मोवाइल एपबारे ज्ञान दिलाई आ–आफ्नो ग्राहक माझ वित्तीय साक्षरता कार्यक्रमलाई सहजताका साथ विस्तार गर्नको लागि अभिप्रेरित गर्नेछ । साथै बैंकले एनबिआई एप् मार्फत समाजका विभिन्न वर्गहरु जस्तै महिला समुह, किसान, रेमिट्यान्समा आश्रित परिवारहरु, शिक्षक शिक्षिकाहरु तथा विद्याथीहरुलाई वित्तीय साक्षरता बारे जानकारी गराउनेछ । यदि आवश्यक भएमा एनबिआईले बैंकहरुलाई विशेष छुटमा वित्तीय साक्षरता सम्बन्धी सचेतना कार्यक्रमको व्यवस्थापन पनि गर्नेछ ।

यसरी दुई संस्थाहरु एउटै उद्देश्यको लागि साझेदारी गरि अघि बढ्नाले बचत गर्ने र व्यवसाय सञ्चालन बारे जागरुकता ल्याउन थप उर्जा मिल्ने छ । वित्तीय साक्षरता सम्बन्धी ज्ञान आम जनसमुदाय समक्ष पु¥याउन एनबिआई मोबाईल एप्को प्रयोगले धेरै ठुलो सहयोग पुग्ने बिश्वास दुवै संस्थाले लिएको छ । यसले केही न केही रुपमा नेपाल राष्ट्र बैंकले अंगिकार गरेको वित्तीय साक्षरता कार्यक्रमलाई पनि सहयोग पुग्ने अपेक्षा लिईएको छ ।

साथै, सम्झौतापत्र अनुसार देवः विकास बैंक लि. मा कार्यरत कर्मचारीहरुलाई नेशनल बैंकिङ्ग इन्स्टिच्यूटले हाल बैंकिङ्ग कर्मचारीहरुलाई लक्षित गरी प्रदान गर्दै आईरहेको बिशिष्टिकृत बैंकिङ्ग प्रमाणीकरण व्ब्ल्द्यक्ष् कोर्स प्रदान गर्ने सहमति भएको छ । बैंकिङ्ग कर्मचारीहरुको क्षमता एवँ दक्षता अभिबृद्धि गर्ने प्रयास स्वरुप यो कोर्सको विकास गरिएको हो । बिशेष गरी सहायक तह देखी सहायक प्रबन्धक तह सम्मका कर्मचारीहरुलाई लक्षित गरी यो कोर्सको डिजाइन गरिएकोमा बैंकिङ्ग जगतबाट यो कोर्सको सम्बन्धमा राम्रो प्रतिक्रिया आई धेरै बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले यो कोर्स अध्ययन गरी लाभान्वित भैसकेको अवस्था छ । हाल सम्म १००० जना भन्दा बढी बैंकका कर्मचारीहरुले यो कोर्स उतिर्ण गरी जेएएनबिआई प्रमाणपत्र प्राप्त गरिसकेका छन् ।

२०७६ बैशाख २३ गते प्रकाशित

वि.सं.२०७६ वैशाख २३ सोमवार ११:२८ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...