back
NMB ad

आम नेपालीको खुट्टामा नेपाली जुत्ता

Kumari bank ad

काठमाडौं । नेपाली जुत्ता चप्पल उत्पादन अहिले देशका लागि एउटा भरोसा पूर्ण क्षेत्र बनेको छ । यो क्षेत्रलाई व्यवस्थित रुपमा संचालन गर्न सकेमा उद्योगी, व्यावसायी मात्र होइन राज्यलाई समेत पत्यक्ष सहयोग पु¥याउन सक्छ । वड्दो व्यापार घाटा र वेरोजगारी समस्यावाट देशले निकासको वाटो खोजीरहेको वर्तमान अवस्थामा यो क्षेत्रले धेरै भन्दा धेरै वेरोजगार व्यक्तिहरुलाई रोजगारी सिर्जना गर्न लागी परेको छ । जुत्ता चप्पलको आयातलाई प्रतिस्थापन गर्दै जुत्ता चप्पलको क्षेत्रमा देशलाई आत्मनिर्भर वनाउँदै निर्यात समेत सम्भावना वोकेको यो क्षेत्रले देशको व्यापार घाटालाई कम गर्न योगदान पु¥याउन सक्ने प्रसस्त सम्भावना छन् । उत्पादन मुलक यो क्षेत्रलाई राज्यले हेर्ने दृष्टिकोणमा पनि परिवर्तन ल्याउन जरुरी छ भने अर्कातर्फ उद्योगी व्यावसायीहरुले पनि आफ्नो व्यावसायलाई मर्यादित र अनुशासित बनाउन उतिकै जरुरी छ ।

यतिवेला यो क्षेत्रको वास्तविकता भन्ने हो भने आयात वढिरहेको छ । निर्यात घट्दो क्रममा छ । यो हामि उद्योगी व्यावसायी तथा देशका लागी नै शुभ संकेत होइन । तसर्थ यसलाई सुधार ल्याउन जरुरी छ । समस्याको खोजी गर्न आवश्यक छ । उत्पादन प्रणालीलाई र वजारीकरणलाई पनि व्यवस्थित गर्नु पर्ने महशुस गरिएको छ । यसै सन्दर्भमा भृकुटी मण्डपमा सधै भरि सञ्चालन हुने विभिन्न नामका मेला देशभरी संचालन हुने मेलाले स्वदेशी जुत्ता चप्पलको लोक प्रियतामा कमि आउन थालेको महशुस भएको हुँदा यसतर्पm हाम्रो ध्यान केन्द्रीत भएको छ ।

खुद्रा विक्रेता साथीहरुमा निरासा पैदा हुन थालेको छ भने स्वदेसी जुत्ता चप्पल खरिद गर्ने उपभोक्तहरुवाट समेत नकरात्मक टिप्पणीहरु आउन थालेका छन । यस्ता भावनाहरुको समयमै सम्वोधन नगर्ने हो भने जटिल समस्या वन्न सक्दछ । त्यसैले भृकुटी मण्डपको सानो चउरमा संचालीत जुत्ता चप्पल सेलमेला आजका मिति देखि बन्द गर्न सम्पुर्ण उद्योगि व्यावसायी साथीहरु लाई आग्रह गर्दै अव उप्रान्त उक्त स्थानमा अथवा कुनै पनि सार्वजनिक खुल्ला स्थानमा यस प्रकारका अव्यवस्थित सेल मेला आयोजना नगरी स्वदेसि उत्पादनको प्रवद्र्धनका निमित्त वर्षमा एकपटक भव्यताका साथ राष्ट्रिय औद्योगिक प्रदर्शनी आयोजना गर्ने उद्योगि व्यावसायीहरुविच सहमती भए अनुरुप यसलाई पुर्णरुपमा कार्यान्वयन गर्न सवै पक्षवाट ऐक्यवद्धता गर्नुहुन उद्यमि व्यवसायीहरुमा हार्दिक अनुरोध गदछौँ ।

यहि सहमति अनुरुप हाल चलिरहेको सेल मेलाको अवधि पनि छोट्याएर आजकै मितिवाट मेला वन्द गर्न सहयोग पु¥याउन हुने सम्पुर्ण उद्यमी साथीहरुलाई धन्यवाद दिन चाहन्छु । व्यापारी वर्गहरुले पनि स्वदेसि उत्पादनलाई प्राथमिकतामा राखे व्यापारीक अनुशासनलाई कायम राख्दै विक्री वितरण गर्ने र आयातलाई निरुत्साहित गर्ने, आम नेपालीको खुट्टामा नेपाली (स्वदेसि) जुत्ता पु¥याउने हाम्रो अभियानमा सहयोग पु¥याउन अपिल गर्दछौं । यो मात्र मुल समस्या होइन समस्या थुपै्र छन । सवै समस्याको समाधान गर्नका निमित्त यस क्षेत्रका कृयाशिल सवै संगठनहरुविच कार्यगत एकताका माध्यमवाट समस्या हल गर्दै जाने प्रतिवद्धता जनाउन चाहन्छौँ ।

२०७६ बैशाख २३ गते प्रकाशित

वि.सं.२०७६ वैशाख २३ सोमवार ११:२३ मा प्रकाशित

You can share this post!

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:२०

काठमाडौं । लुम्बिनी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:५०

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल लिमिटेडले आर्थिक वर्ष...

यस्तो छ आजको सुनचाँदीको भाउ

यस्तो छ आजको सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:४१

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ स्थिर रहेको...

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२७

काठमाडौं । आज वैशाख १८ गते मंगलबार सीइडीबी हाइड्रोपावरको लाभांश...

आजको मौसम : यी प्रदेशमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी प्रदेशमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२२

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:३७

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले श्रमसम्बन्धी...