back
NMB ad

शेयर बजारमा नयाँ लगानीकर्ता भित्रिए

Kumari bank ad

काठमाडौं । शेयरमा ‘सिजन’ र ‘अफ सिजन’ को चर्चा गरिन्छ । वैशाखअघिको सयमलाई ‘अफ सिजन’ र चैतपछिको समयलाई ‘सिजन’ को रुपमा लिने गरिन्छ । अहिले शेयर बजारको सिजन सुरु भएको छ । सिजन सुरु भएसँगै नयाँ लगानीकर्ता सेयर बजारमा प्रवेश गर्न थालेकाले पनि शेयर बजारका सुधार आएको ब्रोकरको भनाइ छ ।

सिजन सुरु भएदेखि नै शेयर बजार मापक नेप्से निरन्तर उकालो लागेको छ । चैतसम्म खासै उकालो लाग्न नसकेको नेप्से वैशाख लागेपछि बढन पुगेको छ । अहिले शेयर बजार मापक नेप्से १३०७.७१ बिन्दुमा आइपुगेको छ ।

बैंक तथा वित्तीय संस्थाले चालु आर्थिक वर्षको चैत मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरिसकेको र ५, ६ महिनापछि उनीहरुले दिने लाभांशको अनुमान गर्न थालेकाले शेयर बजार बढेको लगानीकर्ताको बुझाइ छ । अन्य कारणभन्दा पनि बैंक तथा वित्तीय संस्थाको आम्दानी बढेकोले शेयर बजारमा सुधार आएको हो । शेयर बजार बढ्ने संकेत देखिएपछि सबैले शेयर खरिद गर्न थालेपछि नेप्से बढेको ब्रोकरको भनाइ छ ।

बजारप्रति नकारात्मक धारणा बनाउँदै आएका लगानीकर्ताले पछिल्लो समय सकारात्मक धारणा बनाउन पुगेका छन् । बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी (तरलता) अभावको समस्या सामाधान हुने अपेक्षा पनि लगानीकर्ताले गर्न थालेका छन् । चालु आर्थिक वर्षको अन्त्यमा पुँजीगत खर्च बढ्ने र त्यो रकम बैंकिङ प्रणालीमा आउने भएकाले तरलताको अभाव हट्ने अनुमान गरिएको छ । तरलताको अभाव अन्त्य भएमा शेयर धितो कर्जाको ब्याजदर घट्ने अपेक्षा गरेकाले पनि शेयर बजारमा सुधार आएको ब्रोकरको भनाइ छ ।

चालुु आर्थिक वर्ष सुरु भएदेखि नै बैंक तथा वित्तीय संस्थाले लगानीयोग्य रकमको अभाव खेपिरहेका थिए । त्यसकै प्रभावका कारण शेयर बजार निरन्तर ओरालो लाग्दै आएको थियो । तर, अहिले तरलताको अभाव क्रमशः कम हुँदै जाने अनुमान गरिएको छ । लगानीयोग्य रकम अभावले ७–८ प्रतिशत ब्याजमा पाइने शेयर धितो कर्जा १४–१५ प्रतिशत पुगेको थियो । तरलतको अभाव हट्दै गएपछि कर्जाको ब्याजदर घटने र कम ब्याजदरमा लगानीकर्ताले बैंक तथा वित्तीय संस्थाबाट ऋण पाउने आस गरेका छन् । यसले गर्दा पनि सेयर बजार बढेको हो ।

२०७३ साउन १२ गते कीर्तिमानी १८८१.४५ बिन्दुमा पुगेको नेप्से निरन्तर ओरालो लाग्दै आए पनि पछिल्ला दिनमा सुधारका संकेत देखिएका छन् । १२ सय अंकभन्दा तल आइपुगेको नेप्से अहिले १३ सय अंक माथि पुगेको छ । आर्थिक वर्षको अन्त्यतिर सरकारी ढुकुटीमा रहेको रकम खर्च हुने र यसले बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजीको अभाव हट्ने अपेक्षा गरिएकाले पनि शेयर बजारमा सुधार आएको विज्ञहरु बताउँछन् ।

२०७६ जेठ ८ गते प्रकाशित

वि.सं.२०७६ जेठ ८ बुधवार १३:४२ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...