back
NMB ad

न्यूयोर्कमा वल्ड नेपाली म्युजीक अवार्ड हुने

Kumari bank ad

काठमाडौं । पछिल्लो समय नेपालमा म्युजीक भिडियो र चलचित्र क्षेत्रसँग सम्बन्धित अवार्ड कार्यक्रमको आयोजना बढी नै हुन थालेका छन् । तर सम्पन्न भएका अधिकांश अवार्डहरु विवादमा मुछिएको पाइन्छ । कतिपय अवार्ड समारोहमा राम्रालाई भन्दा हाम्रालाई अवार्ड प्रदान गरियो भन्दै विवाद पनि हुँदै आएको छ । यस्ता विवादहरुलाई टाढै राख्ने उदेश्यले अर्को म्युजीक भिडियो अवार्डको आयोजना हुने भएको छ । अमेरिकाको न्यूयोर्कमा सम्पन्न हुने गरी ‘वल्र्ड नेपाली म्युजीक अवार्ड न्यूयोर्क २०१९’को आयोजना हुने भएको हो । यस अवार्ड नेपाली गीत संगीत क्षेत्रमा लागेका सर्जकहरुको प्रोत्साहन तथा सम्मानका लागी प्रदान गर्न लागिएको आयोजक वल्ड कनेक्सन यु।एस। इन्कले जनाएको छ । जम्मा १३ बिधामा प्रदान गर्न लागिएको ‘वल्र्ड नेपाली म्युजीक अवार्ड न्यूओर्क २०१९’का आउँदो २३ नोभेम्बर अर्थात मंसिर ७ गते शनिबारको दिन न्यूओर्कमा भब्य कार्यक्रमका बिच सम्पन्न हुने आयोजक संस्थाले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ । अवार्ड कार्यक्रममा अनलाइन र प्रत्यक्ष फर्म भरेर सहभागीता जनाउन सकिनेछ । फर्म यहि जुन २१ बाट अगष्टको ३० सम्म संसार भरीबाट दर्ता गराउन सकिनेछ । अगष्ट ३० पश्चात कुनैपनि फर्म दर्ता नलिइने बताइएको छ । यस्तै सेप्टेम्बर १ बाट सेप्टेम्बर १५ सम्म पाँच जना राष्ट्रिय अग्रज कलाकार जुरी छनौट गरिने आयोजक संस्थाका महासचित सुमन बुढा मगरले जानकारी दिए ।
‘हामीले अहिलेसम्म कै फरक, मर्यादित र भब्य अवार्ड गर्ने कोसिस गरेका छौं । संसार भरी रहनु भएका कलाकारहरुले सहभागीता जनाउन सक्नुहुनेछ ।’ महासचित सुमनले भने । ‘यसअघि कस्ता अवार्ड भए भन्ने तिर जानुभन्दा पनि यस अवार्डलाई हामीले निकै ठुलो योजनाका साथमा धेरै पहिला देखी नै अभ्यास मै थियौं ।’
अमेरिकामा म्युजीक अवार्डनै पहिलो पटक आयोजना हुन लागेको आयोजक संस्थाका अध्यक्ष आङ गेलु शेर्पाले जानकारी दिए । ‘यो भन्दा अघि अन्य अवार्ड भए होलान् तर म्युजीक अवार्ड यो पहिलो पटक हो । भब्य बनाउनेछौं’ अध्यक्ष शेर्पाले भने । उनले फर्म भरेका कलाकारहरुबाट सुरुवातको चरणमा नेपालमा कला क्षेत्रमा रहेका बिभिन्न ११ संघसंस्थाका अध्यक्षहरुबाट उत्कृष्ट १० छनौट गरिने जानकारी दिए । त्यसपछि दोस्रो चरणमा जुरीले उत्कृष्ट तीन छनौट गर्ने बताए । ‘हामीले भनेका छौं जुरी मेम्बर गोप्य राखिनेछ किनकी जुरीको नाम थाहा भयो भने बिभिन्न किसिमका दबाब आउन सक्छन्’ अध्यक्ष शेर्पाले भने । ‘यदि जुरीको तर्फबाट पनि नियम भन्दा बाहिर गएर गलत काम गरेको थाहा पाइएमा तत्काल ती जुरीलाई खारेज गरी नयाँ जुरी छनौट गरिनेछ ।’
सेप्टेम्बर २९ बाट संसार भरीबाट भोटिङ गरी उत्कृष्ट १० मा परेका प्रतिभाहरुलाई जुरीको तर्फबाट ४० प्रतिशत र प्रत्यक्ष मतबाट ४० प्रतिशत र सामाजिक सञ्जालबाट २० प्रतिशत जोडी १०० प्रतिशतमा उत्कृष्ट ३ हरेक बिधाबाट चुनिने बताइएको छ ।

बिधाहरु यसप्रकार रहेका छन्ः
१। उत्कृष्ट पाश्र्व गीतः पुरुष र महिला
२। भाषा भाषी चलचित्रको गीतः पुरुष र महिला
३। आधुनिक गीतः पुरुष र महिला
४। लोक दोहोरी गीतः पुरुष र महिला
५। लोक गीतः पुरुष र महिला
६। गीत्कार
७। संगीतकार
८। म्यूजीक भिडियो निर्देशन
९। संगीत संयोजन
१०। लोपन्मुख गीतः पुरुष र महिला
११। पप गीतः पुरुष र महिला
१२। लोक गीत लय संकलक
१३। म्युजीक भिडियो मोडलः पुरुष र महिला

२०७६ असार १ गते प्रकाशित

वि.सं.२०७६ असार १ आइतवार १५:३८ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...