back
NMB ad

संसदमा कांग्रेसले देखाएको व्यवहार अमर्यादित : प्रधानमन्त्री ओली

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा आफूलाई बोल्न रोकेर प्रमुख विपक्षी कांग्रेसले अमर्यादित चरित्र देखाएको बताउनुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरवारमा आज पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले संघीयताविरुद्ध अलोकतान्त्रिक शक्तिहरुको मोर्चाबन्दीप्रति खेद व्यक्त गर्नुभएको छ । “संसदमा आज कांग्रेसले अमर्यादित कृयाकलाप देखाएको छ । यसले संकेत गर्न खोजेको विषय गम्भीर हो” प्रधानमन्त्री ओलीले भन्नुभयो, “लोकतन्त्र, गणतन्त्र र संघीयताका विरुद्ध अलोकतान्त्रिक शक्तिहरुको मोर्चाबन्दी भएको छ । यसमा घोर दक्षिणपन्थीदेखि अति वामपन्थीहरुसम्म एकजुट भएका छन् ।”

लोकतान्त्रिक शक्तिले आफूबाहेक अरु पनि सत्तामा आए भने स्वीकार्नुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यत्रो बलिदानबाट प्राप्त गरेको उपलब्धीको रक्षा गर्नु सबैको दायित्व भएको बताउनुभयो । जनपक्षीय शक्तिहरुलाई देखिनसहने कारणले १७ साल आएको प्रधानमन्त्रीले स्मरण गराउनुभयो ।

प्रधानमन्त्रीले राष्ट्रिय अखण्डता र राष्ट्रिय हितप्रति सरकार अत्यन्तै सजग भएको बताउनुभयो । “वर्तमान सरकार अरुले ल्याइदिएको लोकतन्त्र स्वकारेर आएको होइन । लोकतन्त्रका लागि अग्रभागमा संघर्ष गरेर आएको हो” उहाँले भन्नुभयो, “अहिले जुन पार्टी सरकारमा छ । यो अचानक नारा लिएर सरकारमा पुगेको होइन ।”

सरकार शान्ति, स्थायित्व र समृद्धिका लागि क्रियाशील रहेको बताउँदै जो आत्तिए पनि सरकारको समृद्धिको यात्रा नरोकिने स्पष्ट पार्नुभयो ।
प्रधानमन्त्री ओलीले गुठी संस्थानलाई पुनगर्ठन र व्यवस्थित गर्न खोज्दा उल्टो भ्रमणपूर्ण कुरा प्रचारमा लगेर एक साता बाहिर हुँदा देशभित्र तनाव बढाउने काम भएको बताउनुभयो । “अहिले ल्याउन खोजेको विधेयक गुठी संरक्षण गर्नका लागि हो । तिनीहरु हिनामिना नभई सञ्चालन हुन् भन्नका लागि हो । तर यसविरुद्धको आन्दोलनमा कस्ता कस्ता मान्छे छन् भन्ने कुरा म सम्झिरहेको छु,” उहाँले भन्नुभयो, “यहाँ त एउटा हरियो स्याउलो भित्र हजार वटा हरेउ देखा परे । यिनीहरु लोकतन्त्रको जरा काट्न हजार वटा कैंची लिएर बसेका छन् ।”

भूमि व्यवस्था तथा सहकारी मन्त्रीले गुठी विधेयक फिर्ता लिएर बुद्धिमत्तापूर्ण निर्णय गरेको भन्दै प्रधानमन्त्रीले भन्नुभयो “यसको म दृढ समर्थन गर्दछु ।”सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको बताउँदै प्रधानमन्त्री ओलीले सञ्चार जगतलाई पनि मर्यादित र जिम्मेवार हुन आग्रह गर्नुभयो । “सञ्चार जगत लोकतन्त्रको खम्बा हो, तर आज हामी सञ्चारको क्षेत्रमा संक्रमणकालीन अवस्थामा छौं, हाम्रो सामाजिक मूल्य मान्यता हराइसक्यो” प्रधानमन्त्रीले भन्नुभयो, “हरेक भाषाको आ आफ्नो मर्म हुन्छ । तर, हाम्रा सञ्चार माध्यममा मर्म हराउँदै आएको छ । नेपाली सञ्चार माध्यमले बाबुलाई पनि तिमी, आमालाई पनि तिमी भन्न सिकाएका छन् । यहाँबाट आदरार्थी शब्द हराइसक्यो ।”

२०७६ असार ४ गते प्रकाशित

वि.सं.२०७६ असार ४ बुधवार ११:३६ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...