back
NMB ad

मेगा बैंकको क्यूआर कोडमा किराना व्यवसायीहरुलाई आकर्षक अफर

Kumari bank ad

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले किराना व्यवसायीहरुका लागि आकर्षक अफर ल्याएको छ ।

बैंकिङ कारोबारलाई ‘क्यासलेस’ बनाउने उद्देश्यका साथ मेगा बैंकले क्यूआर कोड प्रवर्धन गर्न किराना व्यवसायीहरुका लागि आकर्षक अफर ल्याएको हो । यस योजना अन्तर्गत किराना पसलले आफ्ना ग्राहकलाई सामान बिक्री गर्दा ग्राहकको ‘फोन पे’ सञ्जाल भित्र रहेको कुनैपनि बैंकका मोबाइल बैंकिङ मार्फत मेगा बैंकको क्यूआर कोडलाई स्क्यान गरि भुक्तानी लिनुपर्नेछ । किराना पसलले प्रतिमहिना ग्राहकबाट कम्तीमा एक सयवटा कारोबारको भुक्तानी मेगा बैंकको क्यूआर कोडमार्फत गरेमा त्यसबापत पाँच हजार रुपैँया पाउनेछन् ।

यसैगरी, महिनामा एक सय भन्दा बढी क्यूआर कोडमार्फत भुक्तानी लिएमा प्रत्येक कारोबार बराबर किराना पसललाई ५० रुपैँया प्रदान गरिने मेगा बैंकले जनाएको छ ।

नगदबाट हुने भुक्तानीलाई निरुत्साहित गर्दै ‘क्यासलेस’ बैंकिङलाई प्रवर्धन गर्ने नेपाल सरकारको नीतिलाई साथ दिँदै मेगा बैंकले यो योजना ल्याएको हो । यो योजना तत्कालका लागि असार १ गतेदेखि सुरु भई भदौ अन्तिमसम्म लागू हुनेछ । यस योजनामा सहभागी हुन चाहने किराना पसललाई मेगा बैंकको नजिकको शाखा कार्यालय वा टोल फ्री नम्बर १६६००१०००२५ वा ९८५१२०७७१५ मा सम्पर्क गर्न मेगा बैंकले अनुरोध समेत गरेको छ ।

२०७६ असार ६ गते प्रकाशित

वि.सं.२०७६ असार ६ शुक्रवार ११:३९ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...