back
NMB ad

धादिङमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु ३० जना घाइते

Kumari bank ad

काठमाडौं । धादिङ जिल्लाको बेनिघाटमा आज (आइतबार) बिहान बस र दुईवटा माइक्रोबस एकआपसमा ठोक्किएर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। दुर्घटनामा परि ३० जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरिले जनाएको छ ।

दुर्घटनामा परि घटनास्थलमै ज्यान गुमाउनेमा महादेवस्थान–८ का २७ वर्षीय श्यामकुमार श्रेष्ठ रहेका छन् भने अर्का एकजना महिलाको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक (डिएसपी) रुपक खड्काले जानकारी दिएका छन्। मेृतक महिलाको नाम खुल्न सकेको छैन। घाइते १८ जनालाई उपचारका लागि काठमाडौं पठाइएको छ भने सातजनाको गजुरी अस्पतालमा र दुईजनाको चरौदी अस्पतालमा उपचार भइरहेको छ। तीनजना सामान्य उपचारपछि डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।

काठमाडौंबाट चितवनतर्फ आउँदै गरेको लु १ ख ९०७९ नम्बरको बस , चितवनबाट काठमाडौं जाँदै गरेको बा ३ ख १००४ र बा २ ख ४५६७ नम्बरको माइक्रो पौने ११ बजे रोराङ गाउँपालिका–७, कृष्णभीर भन्ने ठाउँमा एकआपसमा ठोक्किएर दुर्घटना भएको थियो ।

प्रहरीका अनुसार माइक्रोबसले बसलाई ओभरटेक गर्न खोज्दा विपरीत दिशाबाट आइरहेको अर्को माइक्रो बससँग ठोक्किँदा दुर्घटना भएको हो । बा ३ ख १००४ नम्बरका माइक्रो बस चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

२०७६ असार १५ गते प्रकाशित

वि.सं.२०७६ असार १५ आइतवार १५:५२ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...