back
NMB ad

नेपाल राष्ट्रबैंकले मौद्रिक नीति ल्याउँदै , बिग मर्जरको नीति विशेष प्राथमिकतामा

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्रबैंकले वाणिज्य बैंकका अध्यक्ष र सीइओहरु बिच छलफल कार्यक्रम राखि असार २७ गते मौद्रिक नीति ल्याउने जानकारी दिएको छ । राष्ट्रबैंकले यसपटकको मौद्रिक नीतिमार्फत बिग मर्जरको नीतिलाई विशेष प्राथमिकता दिने बताइएको छ ।

छलफलमा समेत केन्द्रीय बैंकका अधिकारीहरुले यो विषयमा प्रष्ट संकेत गरेका बैंकरहरुको बुझाई छ । बैंकहरुलाई २० गतेभित्र आफ्ना लागि उपयुक्त पार्टनरको नामसहित मर्जरका लागि लिखित प्रतिबद्धता पठाउन निर्देशन दिइएको छ । मर्जरको लागि पार्टनर आफैं खोज्न नसक्ने बैंकको हकमा भने राष्ट्र बैंक कडा रुपमा प्रस्तुत हुने देखिएको बताइएको छ ।

राष्ट्रबैंकले बैंकहरुको नाम नै तोकेर फोर्स मर्जरमा लैजाने स्रोतले जनाएको छ । यस्तै, यसपटकको मौद्रिक नीतिमार्फत बैंकिङ प्रणालीको वित्तीय स्थायीत्व, तरलता समस्याको समाधान लगायतका विषयमा समेत महत्वपूर्ण नीतिगत व्यवस्था हुनसक्ने अनुमान छ । सरकारले बजेटमार्फत घोषणा गरेको सुनचाँदीजस्ता बहुमूल्य धातुलाई निक्षेपको रुपमा बैंकमा जम्मा गर्न सकिने विषयमा समेत नीतिगत व्यवस्था हुनेछ । यस्तो निक्षेप नेपालका लागि नौलो कार्यक्रम हुनेछ ।

राष्ट्रबैंक स्रोतका अनुसार सरकारले लिएको साढे ८ प्रतिशतको वृद्धिदरको लक्ष्य पूरा गर्नेतर्फ मौद्रिक नीति तयार भइरहेको र उक्त नीतिले ६ प्रतिशतको सीमा भित्र मुद्रास्फितिलाई ल्याउने गरि नीतिगत व्यवस्था गर्ने बताइएको छ ।

२०७६ असार २२ गते प्रकाशित

वि.सं.२०७६ असार २२ आइतवार १६:०१ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...