back
NMB ad

हिमाल दोलखा हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन, हेर्नुहोस् कति पर्यो आबेदन

Kumari bank ad

काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार शुक्रबार मध्यान्ह १२ बजे सम्ममा २८ हजार ४३८ जनाले १३ करोड ३४ लाख ५९ हजार रुपैयाँ बराबरको आइपीओ भरेका छन् ।आइपीओमा शुक्रबार मध्यान्ह १२ बजेसम्म १३ लाख ३४ हजार ५९० कित्ताका लागि आवेदन परेको छ ।  यस तथ्यांकका आधारमा १७.८०% आइपीओ बिकेको देखिन्छ ।

कम्पनीले यसअघि स्थानीयलाई १६ लाख कित्ता बिक्री गर्दा जम्मा ९७४ जनाले १ लाख २७ हजार ७९० कित्ताका लागि आवेदन दिएका थिए । त्यस बेला आवेदन नपरेको १४ लाख ७२ हजार २१० कित्ता समेत थप गरी सर्वसाधारणलाई बिक्री खुला गरिएको हो । हिमाल दोलखाको आइपीओ असार २५ गते बुधबारदेखि बिक्री खुला भएको हो ।

यसमध्ये पनि १ लाख ५३ हजार ४४४ कित्ता कम्पनीका कर्मचारीलाई सुरक्षित गरिएको छ भने २५ हजार कित्ता म्युचुअल फन्डहरुलाई बाँडफाँट गरिएको छ । बाँकी ७४ लाख ९३ हजार ७६६ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।  यस आधारमा सर्वसाधारण लाई कुल ७६ लाख ७२ हजार २१० कित्ता सेयर खुला गरिएको हो । हिमाल दोलखाको आइपीओमा असार २९ गते आइतबार अर्थात् आज सम्म आवेदन दिन पाइनेछ । यस अवधिमा सबै सेयर बिक्री नभएमा भने साउन २४ गतेसम्म भर्न सकिनेछ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन पाइनेछ । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट आवेदन दिन सक्नेछन् ।

हिमाल दोलखाले इलाम जिल्लामा दुई वटा आयोजना निर्माण गरिरहेको छ । जसमा माई खोला साना जलविद्युत ४.५ मेगावाट र माई खोला क्यास्केड जलविद्युत ८ मेगावाट छन् । माई साना जलविद्युतको कुल लागत ७२ करोड ५१ लाख ४९ हजार ९४२ रुपैयाँ रहेको छ । यसको प्रतिमेगावाट लागत १६ करोड ११ लाख ४४ हजार ४३१ रुपैयाँ हुन आउँछ । यस्तै, माई खोला क्यास्केडको कुल लागत १ अर्ब ४२ करोड ४७ लाख ३ हजार ८६७ रुपैयाँ छ । यसको प्रतिमेगावट लागत १७ करोड ८० लाख ८७ हजार ९८३ रुपैयाँ पर्छ ।

२०७६ असार २९ गते प्रकाशित

वि.सं.२०७६ असार २९ आइतवार १०:४४ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...