back
NMB ad

पूर्व–पश्चिम राजमार्गमा सरकारले बनायो १२ घण्टामा पुल ,अबरुद्ध राजमार्ग सुचारु

Kumari bank ad

धनुषा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिबासमा बाढीले पुल बगाएको भब्सी नदीमा नेपाल सरकारले १२ घण्टा नपुग्दै पुल बनाएको छ। पुल भत्केपछि राजमार्ग अवरुद्ध बनेका कारण डिभिजन सडक कार्यालय जनकपुरले तत्कालै बेली ब्रिज जडान गरेको हो।

बेलीब्रिज जडान गरेर पूर्वपश्चिम राजमार्ग सुचारु गराएको कार्यालयका प्रमुख इन्जिनियर बिनोद मौवारले जानकारी दिए। सामान्य अबस्थामा बेलीब्रिज नै जडान गर्नपनि केही हप्ता लगाउँने सरकारी संरचनाले यहाँ भने काम गरेर देखाएका छन् । अहिले राजमार्ग सुचारु भएको छ ।

जाममा परेका हज्जारौ सवारी चल्न थालेका छन् । अहिले बढी भार क्षमता भएको गाडीलाई रोक्दै आवतजावत अघि बढाउनेगरी मिलाइएको छ। भारी क्षमताको गाडी आवतजावत गर्न नदिन भब्सी नदीको दुवैतिर सुरक्षाकर्मी परिचालित छन्। शनिबार बिहान पुल बाढीले बगाएका कारण दिनभर हजारौँ सवारी साधन अलपत्र थिए।(स्रोतःजनबोली)

२०७६ असार २९ गते प्रकाशित

वि.सं.२०७६ असार २९ आइतवार १२:२१ मा प्रकाशित

You can share this post!

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास   

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:३४

काठमाडौँ, १७ वैशाखः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल...

लगानी सम्मेलनको दोस्रो दिन, विभिन्न विषयका फरकफरक सत्र सञ्चालन हुँदै   

लगानी सम्मेलनको दोस्रो दिन, विभिन्न विषयका फरकफरक सत्र सञ्चालन हुँदै   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:१०

काठमाडौँ, १७ वैशाखः आइतबारदेखि यहाँ जारी लगानी सम्मेलनको आज दोस्रो...

चिनियाँ सुरक्षा मञ्जुरी प्राप्त गरेपछि टेस्ला प्रमुख मस्क बेइजिङबाट प्रस्थान   

चिनियाँ सुरक्षा मञ्जुरी प्राप्त गरेपछि टेस्ला प्रमुख मस्क बेइजिङबाट प्रस्थान   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:०४

बेइजिङ, १७ वैशाख : आफ्नो कम्पनीलाई चिनियाँ अधिकारीहरूबाट महत्त्वपूर्ण तथ्याङ्क...

ज्योति विकास बैंकद्वारा अग्नि पिडित परिवारहरुलाई राहत सामग्रीहरु प्रदान

ज्योति विकास बैंकद्वारा अग्नि पिडित परिवारहरुलाई राहत सामग्रीहरु प्रदान

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:४६

काठमाडौं । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं. ६, जरलहवा...

लगानी सम्मेलनः पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी   

लगानी सम्मेलनः पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी   

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:३५

काठमाडौँ : यहाँ जारी तेस्रो लगानी सम्मेलनका क्रममा नेपालमा सार्वजनिक-निजी...

सडक खनेको चार दशकपछि किन्ताङफेदीमा बेली ब्रिज निर्माण   

सडक खनेको चार दशकपछि किन्ताङफेदीमा बेली ब्रिज निर्माण   

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:१७

मलेखु (धादिङ), १७ वैशाख : सडक खनेको चार दशकपछि धादिङको...