back
NMB ad

आज झनै भारी वर्षाको सम्भावना, सबै हाईअलर्ट रहन मौसम पूर्वानुमानको आकस्मिक सूचना

Kumari bank ad

काठमाडौ । मनसुन भित्रिएसँगै नेपालमा अविरल वर्षा भइरहेको छ । बर्षाका कारण देशभरको जनजीवन प्रभावित भएको छ । पहाडी तथा हिमाली जिल्लामा पहिरोको जोखिम छ भने तराईका जिल्ला डुबानको चपेटामा परेका छन् । तर बर्षा रोकिने अझै संकेत छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज आकस्मिक सूचना जारी गर्दै आज अबेरसम्म झनै भारी बर्षा हुने जनाएको छ ।

उसले अधिकांश खोला, खोल्सा भरिदै आएकाले आजको पानीले झनै धेरै क्षति गर्न सक्ने भन्दै सबैलाई हाईअलर्ट रहन सचेत गराएको छ । गृहमन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार बाढी पहिरोमा परेर अहिलेसम्म ४३ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा १८ महिला र २५ पुरुष छन् , २४ जना अझै बेपत्ता छन् ।

वर्षाका कारण नदीका सतह बढेका छन् भने स्थानीय साना तिना खहरे खोला पनि उर्लिएका छन् । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज ९आइतबार० पनि मौसममा बदली हुने र भारी वर्षा हुने सम्भावना छ । मौसमविद बरुण पौडेलका अनुसार मनसुन न्यून चापिय रेखा मध्य र पूर्वी नेपालको तराई भू(भागमा र पश्चिमी नेपालको पहाडी भू:भाग नजिक छ ।

त्यस्तै मध्य र पूर्वी नेपाल नजिक एउटा न्यून चापिय क्षेत्र कमझोर अवस्थामा छ। यि प्रणालिहरूका कारण मनसुन अझै सक्रियरहे पनि विस्तारै कमजोर हुदै जानेछ। अहिले देशभरका धेरै स्थानमा मनसुनी वर्षा जारी रहेको पनि पौडेलले बताए ।

मौसमविद पौडेलका अनुसार आज आइतबार पनि देशभर सामान्य देखि पुर्ण वदलि रही धेरै स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको खासगरि पूर्व र मध्य क्षेत्रका केहि स्थानहरुमा र पश्चिमका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना छ । अझै वर्षा जारी रहने भएकाले सचेत रहन महाशाखाले आग्रह गरेको छ ।

महाशाखाले जनाए अनुसार पूर्व र मध्य क्षेत्रका पहाडि भू:भागमा पहिरो जान सक्ने र पूर्वी, मध्य, र पश्चिमी तराई क्षेत्रका नदिहरुमा जलको वहाव र स्तर हल्का वढन सक्ने भएकोले सामान्य सतर्कता अपनाउनुपर्ने देखिन्छ। साथै, देशभर बिशेषतः हवाई तथा सडक यातायातमा समेत वर्षा र कम भिजिविलिटिका कारण सामान्य

अवरोध आउने सक्ने भएकोले सामान्य सतर्कता अपनाउनुपर्ने देखिन्छ।

२०७६ असार २९ गते प्रकाशित

वि.सं.२०७६ असार २९ आइतवार १४:२५ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...