back
NMB ad

पौने २७ अर्बको बोनस शेयर थपियो

Kumari bank ad

काठमाडौं । गत आर्थिक वर्षमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) का उपसूचकहरुमा सामान्य वृद्धि भएको देखिएको छ भने जलविद्युत् समूहमा भने गिरावट भएको देखिएको छ । गत आर्थिक वर्षको पहिलो दिन २०७५ साउन १ गते नेप्से १२०४ दशमलव ३१ को बिन्दूमा रहेको थियो । एक वर्षको अन्तरालमा नेप्से ४ दशमलव ५४ प्रतिशतले वृद्धि भई आर्थिक वर्षको अन्त्यमा १२५९ दशमलव शून्य १ को बिन्दूमा पुगेको छ ।

नेप्सेमा गत आ.व.भरीमा ९४ वटा कम्पनीको २६ अर्ब ७३ करोड ३७ लाख १० हजार रुपैयाँ बराबरको २७ करोड ३३ लाख ३२ हजार १५५ दशमलव ३८ कित्ता बोनस शेयर सूचीकत भएको छ ।

वाणिज्य बैंक उपसमूह

वाणिज्य बैंक उपसमूहमा २२ वटा कम्पनीको १८ अर्ब ६९ करोड १९ लाख ६५ हजार ३५६ रुपैयाँ बराबरको १८ करोड ६९ लाख १९ हजार ६५३ दशमलव ५६ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।

विकास बैंक उपसमूह

विकास बैंक उपसमूहमा २२ वटा कम्पनीको २ अर्ब ६८ करोड ५५ लाख ५४ हजार ९२८ रुपैयाँ बराबर २ करोड ६८ लाख ५५ हजार ५४९ दशमलव २८ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।

लघुवित्त उपसमूह

लघुवित्त उपसमूहमा २६ वटा कम्पनीको १ अर्ब २३ करोड ९१ लाख १५ हजार ४२४ रुपैयाँ बराबर १ करोड २३ लाख ९१ हजार १५४ दशमलव २४ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।

जीवन बीमा उपसमूह

जीवन बीमा उपसमूहमा पाँच वटा कम्पनीको ७३ करोड ५० लाख ५ हजार ९४ रुपैयाँ बराबर ७३ लाख ५० हजार ५० दशमलव ९४ कित्ता बोनस शेयर सूचिकृत भएको छ । त्यसमध्ये एसियन लाइफले ४ प्रतिशत, सूर्या लाइफले १२ प्रतिशत, लाइफ इन्स्यारेन्सले १२ प्रतिशत, नेसनल लाइफले १३ दशमलव ५० प्रतिशत र गुराँस लाइफले ८ प्रतिशत बोनस शेयर वितरण गरेका थिए ।

वित्त उपसमूह

वित्त उपसमूहमा नौ वटा कम्पनीको ६१ करोड ७६ लाख ३५ हजार ८८३ रुपैयाँ बरारबर ६१ लाख ७६ हजार ३५८ दशमलव ८३ कित्ता बोनस शेयर सूचीकृत भएको छ । जसमा जेबिल्स फाइनान्सले २ आर्थिक वर्षको बोनस शेयर एकैपटक वितरण गरेको थियो । सो कम्पनीले ३ दशमलव ५७ प्रतिशत र १ दशमलव २४ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

जलविद्युत् उपसमूह

जलविद्युत उपमूहमा पाँच वटा कम्पनीको १ अर्ब २९ करोड ६९ लाख ७३ हजार ३३० रुपैयाँ बराबर १ करोड २९ लाख ६९ हजार ७३३ दशमलव ३० कित्ता बोनस शेयर नेप्सेमा सूचिकृत भएको छ । राधी विद्युत्, सानिमा माई र बुटवल पावरले १० प्रतिशत बोनस दिएको थियो भने रिद्धि हाइड्रोपावरले ६ प्रतिशत र चिलिमेले २० प्रतिशत बोनस शेयर वितरण गरेका थिए ।

होटल उपसमूह

होटल उपसमूहमा दुई कम्पनीको २० करोड ६७ लाख ४७ हजार ८८ रुपैयाँ बराबर ८० लाख ६२ हजार ५१७ दशमलव ५८ कित्ता बोनस शेयर सूचीकृत भएको छ । जसमा ओरियन्टल होटलले १५ प्रतिशत र सोल्टी होटलले १० प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

अन्य र व्यापार उपसमूह

अन्य उपसमूहमा नागरिक लगानीले २२ दशमलव शून्य ६ प्रतिशत र जलविद्युत् लगानी तथा विकास कम्पनीले १० प्रतिशत र व्यापार उपसमूहमा साल्ट्र टेडिङ कर्पोरेसनले २५ प्रतिशत बोनस शेयर दिएको थियो । तीन वटा कम्पनीको १ अर्ब २२ करोड ९९ लाख ७१ हजार २६६ रुपैयाँ बराबर १ करोड २२ लाख ९९ हजार ७१३ दशमलव ६६ कित्ता बोनस शेयर सूचीकृत भएको छ । (स्रोतःआर्थीक न्यूज)

२०७६ साउन १ गते प्रकाशित

वि.सं.२०७६ साउन १ बुधवार १४:४५ मा प्रकाशित

You can share this post!

महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागि पिडितलाई राहत सामाग्री वितरण

महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागि पिडितलाई राहत सामाग्री वितरण

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४०

काठमाडौं । महालक्ष्मी विकास बैंकले मिति २०८१ साल बैशाख १२...

वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी   

वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:३२

काठमाडौँ, १६ वैशाखः नेपालविरुद्धको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ १०...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:१९

काठमाडौँ, १६ वैशाख : राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको...

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०७

कालिका खड्का काठमाडौँ, १६ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी...