back
NMB ad

आजैदेखि शुरु भयो भेहिकल एण्ड कन्साईनमेन्ट ट्रयाकिङ सिस्टम, के हो र कसरी ट्रयाकिङ गर्ने मालवाहक सवारीलाई ?

Kumari bank ad

काठमाडौं । सरकारले व्यावसायिक मालसामन ढुवानीलाई सुरक्षित र प्रभावकारी अनुगमन गर्न भेहिकल एण्ड कन्साईनमेन्ट ट्रयाकिङ सिस्टम लागु गरेको छ ।

बुधबार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा आयोजित समारोहमा अर्थमन्त्री डा युवराज खतिवडाले अनलाईन ट्रयाकिङ सिस्टमको सुरुवात गर्नुभयो ।

नयाँ प्रणालीको उद्घाटन पछि अर्थमन्त्री युवराज खतिवडाले प्रविधिले विकासमा फड्कोमार्न सघाएको बताउनुभयो ।

राजश्व अनुसन्धान विभागका महानिर्देशक दिर्घराज मैनालीले यो व्यवस्थाले राजश्व चुहावट नियन्त्रण तथा कर प्रशासनको क्षेत्रमा सुधार आउने जानकारी दिनुभयो । उहाँका अनुसार पारदर्शी र स्वच्छ व्यवसायलाई प्रवर्द्धन गर्न सहयोग पुग्नेछ । यसले चोरी पैठारीलाई समेत रोक्नेछ ।

विभागले तीन महिनापछि ट्रयाकिङ नगरी मालसामान ल्याए पहिलोपटक ५० हजार रुपैयाँ र दोस्रो पटक १ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ ।

राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन,२०५२ को दफा ३१ ग मा कानुन बमोजिम एक स्थानबाट अर्को स्थानमा मालसामान ओसार प्रसार गर्नुपुर्व ढुवानी गरिने मालसामानको विवरण वेबमा आधारित केन्द्रिय सुचना प्रणालीमा प्रविष्टी गरेर मात्रै गर्नुपर्दछ भनिएको छ।

असार २३ गते राजपत्रमा यो प्रणाली २०७६ साउन १ गतेदेखि लागु हुने सुचना प्रकाशित भैसकेको छ भने बजेटमा समेत निकासी, पैठारी र आन्तरिक उत्पादनको परिवहनमा हुने विचलनलाई न्युनीकरण गरी राजश्व चुहावट नियन्त्रण गर्न उत्पादक,परिवहन र विक्रीसम्मको श्रृङखलालाई ट्याक्रिङ प्रणालीमा आबद्ध गरिने उल्लेख गरिएको छ ।

के हो भेहिकल एण्ड कन्साईनमेन्ट ट्रयाकिङ सिस्टम ?

यो वेबमा आधारित हुन्छ। । केन्द्रीय सुचना प्रणालीमा व्यवसायिक प्रयोजनका मालवस्तु तथा ढुवानी साधनको संक्षिप्त विवरण ईन्ट्री गरेर मात्रै माल सामान ओसार प्रसार गर्नुपर्ने व्यवस्था हो।

यो व्यवस्था अनुसार एक स्थानबाट अर्को स्थानमा व्यावसायिक प्रयोजनका लागि मालसमान ढुवानी गर्नुपुर्व मालवस्तुको विवरण राजश्व अनुसन्धान विभागको वेवसाईटमा राखिएको प्रणालीमा इन्ट्री गरेर मात्रै ढुवानी गर्नुपर्दछ । खुद्राको हकमा भने यो व्यवस्था लागु नहुने राजश्व अनुसन्धान विभागले जनाएको छ।

कसरी गर्ने इन्ट्री

सर्वप्रथम राजस्व अनुसन्धान विभागको वेभसाइट www.dri.gov.np मा लग इन गर्ने त्यसपछि माथि left navigation मा रहेको vechicle & consignment Tracking system मा क्लिक गरेपछि यो सफ्टवेयर खुल्छ । यो संगै user manual भन्ने स्थानमा क्लिक गरेपछि यो प्रणालीमा विवरणहरु इन्ट्रि गर्ने तरिका डाउनलोड गर्न सकिन्छ । प्रयोगकर्ता आफैले युजर आइडि र  पासवर्ड बनाइ मालवस्तु  र ढुवानी साधनको संक्षिप्त विवरण प्रविष्ट गर्न सक्नेछन् । मालसामान गन्तव्यमा पुगेपछि ड्राइभर र प्रयोगकर्ताले डेलिभरी भएको जनाउ दिनसक्छ ।

२०७६ साउन १ गते प्रकाशित

वि.सं.२०७६ साउन १ बुधवार १५:२२ मा प्रकाशित

You can share this post!

मुग्लिन पोखरा सडक: पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति   

मुग्लिन पोखरा सडक: पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति   

वि.सं.२०८१ वैशाख १६ आइतवार ०६:३७

दमौली : मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र...

एक सय ५१ परियोजना प्रस्तुतीका साथ तेस्रो लगानी सम्मेलन आज प्रारम्भ हुँदै   

एक सय ५१ परियोजना प्रस्तुतीका साथ तेस्रो लगानी सम्मेलन आज प्रारम्भ हुँदै   

वि.सं.२०८१ वैशाख १६ आइतवार ०६:३०

काठमाडौँ, १६ वैशाख: मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १६ आइतवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...