back
NMB ad

नेपालको जडिबुटी निकासी रोक्यो भारतले

Kumari bank ad

नेपालगञ्ज । विषादी परीक्षणको विवादले भारतीय तरकारी/फलफूलको नेपालतर्फ आयात केही दिन रोकिँदा ठूलै हंगामा भयो । भारतीय दूतावासले नेपालको सरकारलाई लिखित दवाव नै दियो । तर, भारतले नेपाली जडिबुटीको निर्यातमा ६ महिनादेखि पुर्‍याएको अवरोधको विषय भने अहिलेसम्म ओझेलमा छ ।

भारतीय प्लान्ट क्वारेन्टाइनको अवरोधका कारण नेपालगञ्ज नाका भएर भारततर्फ जडिबुटीको निकासी ६ महिनादेखि ठप्प छ । भारतको संशोधित प्लान्ट क्वारेन्टाईन सूचीमा नपरेको भन्दै नेपाली जडिबुटी भारतीय भन्सारले जाँचपास रोकिदिएको हो ।

हिमालय टेलिभिजनमा प्रशारित कृष्ण अधिकारीको रिपोर्टअनुसार निकासी रोकिएका कारण नेपालगन्ज लगायत पश्चिम नेपालका पहाडी जिल्लाहरुमा करिब १५ हजार टन जडीबुटी थन्किएका छन् । भारतको प्लान्ट क्वारेन्टाइनको अवरोधका कारण पखानवेद, सताबर, अमला, पदमचाल, चिराइतो, कमलवेद, अतिस, कालादाना र सिकाकाई रिठ्ठा, टिमुर, कुट्कीलगायतका करिव ६० किसिमका जडिबुटीको निकासी रोकिएको छ ।

जडिबुटीको निकासी रोकिँदा जडिबुटी संकलन र विक्री वितरणमा संलग्न करिब २५ लाख नेपालीहरु प्रत्यक्ष रुपमा प्रभावित भएको जडीबुटी व्यवसायी संघ नेपालगञ्जका अध्यक्ष याकुव अन्सारी बताउँछन् ।

निकासीमा समस्या आएपछि गत वैशाख ३ गते जडिबुटी व्यवसायीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ज्ञापनपत्र बुझाएका थिए । प्रधानमन्त्री ओलीले व्यवसायीहरुको समस्या सुनेपछि छिट्टै समाधान गर्ने आश्वासन दिएको तर व्यवहारमा केही नगरेको जडिबुटी व्यवसायी संघ नेपालगन्जका पूर्वअध्यक्ष राजेश जैन बताउँछन् ।

नेपालको व्यापार घाटा घटाउन तथा स्थानीयको अर्थोपार्जन बलियो बनाउन जडिबुटी उत्पादन महत्वपूर्ण हुने भन्दै अबरोध खोल्ने आश्वासन वनमन्त्री शक्तिबहादुर बस्नेतले बाँडेको तर कार्यान्वयन नभएको उनको भनाइ छ ।

‘नेपालगञ्ज आएर कृषि मन्त्रीले वन मन्त्रालयसंग समन्वय गरेर अबरोध खुलाउने भाषण दिनुभयो, तर काम गर्नुभएन,’ उनले भने ।

मन्त्रालयहरु पन्छिदै

जडिबुटी रोकिएको विषय समाधान गर्न सरकारी निकायहरुबीच समन्वय अभाव देखिएको छ । वन मन्त्रालय, कृषि मन्त्रालय र उद्योग/वाणिज्य मन्त्रालय यसमा जिम्मेवारी उठाउन तयार छैनन् ।

वन मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. सिन्धुप्रसाद ढुंगानाले मन्त्रालयबाट अवश्यकपर्ने सिफारिस पत्र कृषि मन्त्रालयलाई पठाइएको बताए । तर, कृषि मन्त्तालयका सचिव डा। युवकध्वज जिसीले भने उक्त विषय आफ्नो मन्त्रालयको क्षेत्राधिकारभित्र नपर्ने दावी गरे ।

‘जडिबुटी रोकिएको हो भने खोल्ने काम वनले गर्ने हो, कृषिसंग यो विषय सम्बन्धित नै छैन,’ सचिव जिसिले भने । यता उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले भने नेपालगञ्जमा रोकिएका जडिबुटी सम्बन्धमा कुनै जानकारी नै नभएको बताएको छ ।

नेपालबाट वर्षेनी करिब १ अर्ब रुपैयाँ बराबरको जडिबुटी भारत निकाशी हुँदै आए पनि पछिल्लो वर्षहरुमा निकासी घट्दै गएको छ । आर्थिक वर्ष ७४०/०७५ मा नेपालबाट २७ लाख ५४ हजार दुई सय किलो जडीबुटी भारततर्फ निकासी भएको थियो । आर्थिक वर्ष ०७०/०७१ मा नेपालले ४७ लाख ३५ हजार ०६४ किलो जडिबुटी भारत निर्यात गरेको थियो । साभारः अनलाइन खबर

 

२०७६ साउन ८ गते प्रकाशित

वि.सं.२०७६ साउन ८ बुधवार १४:१३ मा प्रकाशित

You can share this post!

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...

नेपाल लगानीको भरपर्दो गन्तव्य भएको सन्देश प्रवाह भएको छः सीइओ भट्ट   

नेपाल लगानीको भरपर्दो गन्तव्य भएको सन्देश प्रवाह भएको छः सीइओ भट्ट   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:१६

सरकारले आइतबारदेखि काठमाडौँमा तेस्रो लगानी सम्मेलन सुरु गरेको छ ।...

सेयर बजारमा झिनो अंकको सुधार

सेयर बजारमा झिनो अंकको सुधार

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:१७

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...