back
NMB ad

अर्घाखाँचीको लोक संगित संसारकै युनिक: पूर्व उपप्रधानमन्त्री रायमाझी

Kumari bank ad

काठमाडौं  । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पुर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझीले अर्घाखाँचीको लोक संगितलाई संसारकै ‘युनिक’ संस्कृतिको रुपमा चित्रण गरेका छन् ।

शनिवार अर्घाखाँची सरोकार समाजले रिपोर्टर्स क्लब नेपालमा मोतीराज खनाल र राधा आचार्य अधिकारीको स्वरमा रहेको ‘सधंै तमासा’ नामक तीज गीतको बिमोचन गर्दै रायमाझीले यस्तो बताएका हुन् । उनले अर्घाखाँची प्राकृतिक, भौगोलीक तथा सांस्कृतिक रुपमा निकै धनी रहेको बताउदै अर्घाखाँचीको पहिचानलाई संसारसामु चिनाउन आवश्यक रहेको बताए । गीत संगीतको माध्यमबाट संस्कृितको व्याकरण देखि भगवान शिवले महिनौं अध्ययन तथा अनुसन्धान गरेको साथै पतञ्जली ऋषिले तपस्या गरेको ठाँउको रुपमा पनि अर्घाखाँचीलाई विश्वभरि चिनाउन आवश्यक रहेको रायमाझीले सुनाए । जिल्लामा रहेका पौराणिक तथा सांस्कृतिक धरोहर र स्थानीय मौलिकतामा निकै धनी रहेको बताउँदै जिल्लाको विकास निर्माणका योजनामा बृद्वि भईरहेको पनि नेता रायमाझीले दाबी गरे ।

ढोरपाटन जाने बाटोनिकट भविश्यमा सम्पन्न हुने जानकारी गराउदै उनले सुपा देउराली नजिकको बाटो पनि चार लेनको हुने प्रक्रिया शुरु भईसकेको जनाए । उनले भने,‘अहिले सुपा देउरालीमा हजारौंले रोजगारी पाईरहेका छन् । धार्मिक पर्यटन र सांस्कृतिक संगित क्षेत्रमा पनि अहिले ठूलो प्रगति भइरहेको छ । यसले हामीलाई गर्व तुल्याएको छ ।’ मोतीराज खनालको शब्द तथा गिता पराजुलीको संगित रहेको उक्त गीतको म्युजिक भिडियो सापकोटा प्रोडक्सनले बजारमा ल्याएको हो । चर्चित कलाकार कमल गाउँले, रञ्जु अधिकारी र भीमा लामाको अभिनय रहेको उक्त गीतको भिडियोलाई प्रकाश धमलाले सम्पादन गरेका छन् । गुरु आमा तथा स्मृति तिमिल्सिनाको निर्देशनमा निर्माण भएको म्युजिक भिडियोलाई सुरेश श्रेष्ठले क्यामेरामा कैद गरेका छन र कमल सौरागले एरेन्ज गरेका हुन् । नजिकिँदै गरेको महिलाहरुको महान पर्व हरितालिका तीजको विशेष अवसर पारेर बजारमा सार्वजनिक उक्त गीतले नेपाली समाजमा रहेका बेथितिहरुको बारेमा उजागर गरेको छ ।

कार्यक्रममा उक्त गिती एल्बम बजारमा ल्याउन योगदान पु¥याउने कलाकार तथा स्रष्टाहरुलाई अर्घाखाची सरोकार समाजले ‘गायक मोतीराज खनाल तथा गायिका राधा अधिकारी प्रमाणपत्र’ प्रदान गरेको छ । उक्त अवसरमा समाजले कमल गाउँले, सन्तोष केसी, सुनिल बिसी, रञ्जु अधिकारी, नारायण पाण्डे, सरिता पाण्डे, कृष्ण सापकोटा, लक्ष्मण चापागाँई र गिता पराजुलीलाई सम्मान तथा मायाको चिनो प्रदान गरेको थियो ।

२०७६ साउन १२ गते प्रकाशित

वि.सं.२०७६ साउन १२ आइतवार १०:५९ मा प्रकाशित

You can share this post!

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३९

काठमाडौँ : नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको शेयर प्रत्याभूति...

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३०

काठमाडौँ, २१ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...