back
NMB ad

३० वर्ष उमेर पार गरेका महिलाले यी ५ वटा टेस्ट गराउनु अतिआवश्यक

Kumari bank ad

काठमाडौं । व्यस्त दिनचर्या, उमेरअनुसार शरीरमा हुने हर्मोन परिवर्तनका कारण महिलाको जीवन बढी जोखिममा हुन्छ। पुरुषभन्दा महिलामा हर्मोन बढी मात्रामा गडबड हुने भएकाले पुरुषको तुलनामा महिला विभिन्न रोगबाट प्रभावित हुने गरेका हुन्।त्यसैले हरेक महिलाले आफ्नो स्वास्थ्यप्रति सचेत हुनु आवश्यक छ।

उमेरसँगै हर्मोनमा परिवर्तन आउने हुँदा महिला बढी प्रताडी हुनेगर्छन्। त्यसैले ३० वर्ष उमेर पार गरेका महिलालाई समय समयमा स्वास्थ्य जाँच गराउनुपर्ने विज्ञहरु सल्लाह दिन्छन् । पछिल्लो समय कतिपय महिला पाठेघरको मुखको क्यान्सर,स्तन क्यान्सर, हड्डी खिइने, थाइराइड जस्ता रोगबाट ग्रसित हुने गरेका छन्।यस्ता रोग लागिसकेपछि नियन्त्रण गर्न र उपचार विधि पनि महंगो भएकाले यस्ता रोग लागेका महिला अकालमै ज्यान गुमाउन बाध्य छन्।

समयमै यस्ता रोगको परीक्षण गर्दा रोग लाग्नबाट बच्न सकिन्छ। यदि रोग लागिसकेको भएपनि समयमै उपचार गर्न सकिन्छ।परीक्षण महंगो पनि छैन। त्यसैले ३० वर्ष उमेर पार गरेका महिलाले यी ५ वटा टेस्ट गराउनु अतिआवश्यक छ।

मेमोग्राम :

पछिल्लो समय महिलामा स्तन क्यान्सरको खतरा बढ्दै गएको छ। स्तन क्यान्सर तथा ट्युमर परीक्षणका लागि विभिन्न विधि भएपनि मेमोग्राम सस्तो विधि मानिन्छ। यो विधिबाट स्तनको एक्सरे लिइन्छ।महिलामा ४० वर्ष उमेर कटिसकेपछि स्तन क्यान्सरको खतरा बढ्ने भएकाले विज्ञको सल्लाहअनुसार मेमोग्राम गराउनुपर्छ।

प्याप स्मेयर टेस्ट :

पाठेघरको क्यान्सर पत्ता लगाउने विधि हो प्याम स्मेयर।स्तन क्यान्सरपछि देखिने रोगमा पर्छ पाठेघर मुखको क्यान्सर। प्याप स्मेयर एक साधारण परीक्षण हो। प्याप स्मेयर टेष्टमा महिलाको योनीबाट निश्चित मात्रामा कोशिका निकालेर परीक्षणका लागि ल्याबमा पठाइने गरिन्छ। यो जाँच गर्दा महिलालाई कुनै प्रकारको पीडा महसुस हुँदैन।तीन दशक पार गरेका महिलाले यो टेस्ट गराउनु जरुरी छ।

एचपीवी भाइरस टेस्ट:

एचपीवी अर्थात् ह्युमन पेपिलोमा भाइरस एक निकै खतरनाक भाइरस हो।यो सबैभन्दा तीब्र रुपमा फैलने भाइरस हो। कतिपय स्थितिमा यो भाइरसबाट लाग्ने रोगको लक्षण पनि थाहा हुँदैन।प्रायजसो यौन सम्पर्कपछि यो भाइरस फैलने संभावना बढी रहन्छ।

थाइराइड टेस्ट:

अनावश्यक तौल बढ्ने बित्तिकै शरीरमा हर्मोनको असन्तुलन हुन्छ।एक अध्ययनअनुसार पुरुषभन्दा महिलामा थाइराइडको समस्या दश गुणा बढी हुन्छ।स्वास्थ्य विज्ञका अनुसार थाइराइड हर्मोन मानव शरीरका लागि आवश्यक हुन्छ। तर यसको मात्रामा गडबड भएमा यसले रोगको रुप लिनेगर्छ। थाइराइडको प्रकारअनुसार उपचार विधि पनि फरक छ।त्यसैले प्रत्येक महिलाले थाइराड हर्मोनबारे स्वास्थ्य जाँच गराउनुपर्छ।

बोन डेन्सिटी टेस्ट :

उमेरअनुसार हड्डीजन्य समस्या पनि देखापर्छन्। शरीरमा हड्डीको अवस्थाबारे पनि टेस्ट गराउन सकिन्छ।शरीरमा लाग्ने सानातिना चोटपटकले पनि हड्डी कमजोर बनाउनमा ठूलो भूमिका खेल्छन्।शरीरमा हड्डीको अवस्थाबारे थाहा पाउन बोन डेन्सिटी टेस्ट गराउनु आवश्यक छ।आजकाल गलत खानपानले २० वर्ष उमेर नपुग्दै महिलामा हड्डीको समस्या देखिने गरेको छ।त्यसैले सन्तुलित खानपान खानुका साथै समयमै हड्डीको अवस्थाबारे जाँच गराउनुपर्छ। (साभारः तेस्रो आँखा)

२०७६ साउन १२ गते प्रकाशित

वि.सं.२०७६ साउन १२ आइतवार १३:१५ मा प्रकाशित

You can share this post!

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...