back
NMB ad

सवारीसाधनको आयात कम हुँदा लक्ष्य अनुसार राजस्व पुगेन

Kumari bank ad

काठमाडौं । सवारीसाधनको आयात कम हुँदा लक्ष्य अनुसार राजस्व नपुगेको अर्थमन्त्री डा युवराज खतिवडाले बताएका छन् ।

भन्सार मूल्यांकन गोष्ठीको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले भने ‘विगतका वर्षहरुमा सवारीसाधनको आयात बढाएर,राजस्व लक्ष्य पुरा गरीएको थियो तर हामीले सवारीसाधनको आयातलाई निरुत्साहित गरेका छौ,’ । सवारीसाधनको आयात बढाएर राजस्व लक्ष्य पुर्याउन आफुहरुले नचाहेको बताए उनले प्रष्ट पारे । उनले बैंकहरुमा भएको तरलताको स्थिती र उत्पादन मुलक क्षेत्रमा कर्जा प्रवाहमा जोड दिनको लागि गाडी खरिद कर्जामा ५० प्रतिशत डाउनपेमेन्ट गरिएको बताए ।

यस्तै गतवर्ष अघिल्ला वर्षको तुलनामा पेट्रोलियम पदार्थको आयातको बृद्धिदरमा समेत कमी आएको खतिवडाले बताए ।
उनले देश अहिले रेमिटेन्स आम्दानीबाट चलेको भन्दै सधै यसरी नचल्ने बताए ।

‘व्यापारघाटा बढ्दो क्रममा रहेको छ,यसलाई घटाउनको लागि उत्पादन बढाउने नीति हामीले लिएका छौ,’उनले थपे ।
अहिलेको भन्सार प्रशासन तथा व्यापार सहजिकरण कारोबार रकममा आधारमा हुने गरेको तथा राष्ट्रिय पूँजी निर्माण र उद्योगको संरक्षणको नीति सरकराले लिएको बताए । सो अनुसार भन्सारका रणनीति कार्यान्वयन भएको खतिवडाको भनाई छ । उनले नेपाल विदेशी वस्तुको डप्पिङ साइट नबनाउने भन्दै यसको लागि एन्टी डम्पिङ र काउन्टर कानून पास हुने क्रममा रहेको जानकारी दिए ।

छिमेकबाट हुने व्यापार बैंकिङ प्रणालीबाट नभएको भन्दै खतिवडाले यस्तो व्यापार गर्न व्यापारीलाई जोड दिए । खास गरेर चीनसँगको व्यापारमा बैकिङ माध्यमबाट व्यवसाय बढाउनको लागि सहजिकरणको काम गरेको बताए । तयारी वस्तु र कच्चा पदार्थमा भन्सार तह फरक पारिएको र अझै कतिपय वस्तुमा मिलाउनुपर्ने अवस्था रहेको बताए । डब्लुटिओमा जानु बाध्यता रहेको कारण नेपालले भन्सारका दर तल राखेर काम गर्नुपरेको यसलाई रोक्नको लागि अन्तशुल्क लगाएको बताए ।

उनले तयारी वस्तुको उच्च भन्सार दर रहेका वस्तुहरु नेपालमा उत्पादन गर्नको लागि व्यवसायीलाई आग्रह गरे । ‘उच्च भन्सार दर लगाएर नेपालमा उत्पादन गर्नको लागि राज्यले संरक्षण गरेका व्यवसायमा लगानी बढाउनुहोस्,यी वस्तुको उत्पादन नेपालमा गर्नुहोस्,’अर्थमन्त्री खतिवडाले भने । भन्सारले दिएको लाभलाई फाइदा लिन उद्योगमा आउनुपर्यो भन्द्रै मन्त्री खतिवडाले लगानी गर्न आग्रह गर्दै राष्ट्रिय अर्थतन्त्रको निर्माणमा जोड दिए ।

 

२०७६ साउन १६ गते प्रकाशित 

वि.सं.२०७६ साउन १६ बिहीवार ११:३० मा प्रकाशित

You can share this post!

काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष   

काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:३२

सिबी अधिकारी   काठमाडौँ, ३० वैशाख : बेलायतबाट काठमाडौँ ओर्लिनुभएका राजु...

करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन   

करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:२५

काठमाडौँ, ३० वैशाख : अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको...

वल्डलिङ्कको रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित   

वल्डलिङ्कको रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:२१

काठमाडौँ, ३० वैशाख : सर्वोच्च अदालतले वल्डलिङ्क कम्युनिकेसन प्रालिले दायर...

कुमारी बैंक र फिट लाईफ क्लबबीच सम्झौता

कुमारी बैंक र फिट लाईफ क्लबबीच सम्झौता

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:१३

काठमाडौं । कुमारी बैंक लिमिटेड र टिकापुर, कैलाली स्थित फिट...

सरकारद्वारा संसद्लाई नीति तथा कार्यक्रमको तयारीको जानकारी   

सरकारद्वारा संसद्लाई नीति तथा कार्यक्रमको तयारीको जानकारी   

वि.सं.२०८१ वैशाख ३० आइतवार १७:५७

काठमाडौँ, ३० वैशाख : सरकारले सभामुख देवराज घिमिरे सहित संसदमा...

ऊर्जा मन्त्रालयको भौतिक प्रगति उल्लेखनीय, केही आयोजनामा भने अझै काम सुरु भएन   

ऊर्जा मन्त्रालयको भौतिक प्रगति उल्लेखनीय, केही आयोजनामा भने अझै काम सुरु भएन   

वि.सं.२०८१ वैशाख ३० आइतवार १७:४२

काठमाडौँ, ३० वैशाख : चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ऊर्जा...