काठमाडौं । लक्ष्मी भ्यालु फण्ड १ ले शेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ। गत वर्षको मुनाफाबाट १५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो । लक्ष्मी बैंकको प्रवद्र्धनमा लक्ष्मी क्यापिटल अन्तर्गत सञ्चालित सामूहिक लगानी कोष योजनाको बुधबार सम्पन्न सञ्चालक समिति बैठकले लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
इकाईधनीहरुलाई आर्थिक वर्ष २०७५/०७६ को लागि कर सहित १५ प्रतिशत नगद लाभांश वितरण गर्ने,क्यापिटलको साउन १५ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले निर्णय गरेको हो ।
लक्ष्मी भ्यालु फण्ड १ लक्ष्मी क्यापिटलले सञ्चालनमा ल्याएको पहिलो सामूहिक लगानी कोष योजना हो । यसका अतिरिक्त कम्पनीले लक्ष्मी इक्विटी फण्ड नामको दोस्रो योजना समेत सञ्चालन गरेको छ।
कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार असार मसान्तसम्ममा लक्ष्मी भ्यालु फण्ड १ को प्रति इकाइ खुद मूल्य ११.९८ रुपैयाँ रहेको छ । धितोपत्रको दोस्रो बजारमा साउन १६ गते फण्डको प्रतिईकाइ मूल्य १० रुपैयाँ ७५ पैसा छ।
२०७६ साउन १६ गते प्रकाशित
वि.सं.२०७६ साउन १६ बिहीवार १२:१५ मा प्रकाशित