back
NMB ad

युनाइटेड इन्सुरेन्सको ७२ करोड हकप्रद भदौ ३ गतेबाट खुल्ने

Kumari bank ad

काठमाडौं । युनाइटेड इन्सुरेन्सको भदौ ३ गतेबाट ७२ करोड ५७ लाख ६० हजार रूपैयाँ बराबरको हकप्रद जारी गर्ने भएको छ । असोज ६ गतेसम्म यस हकप्रदमा आवेदन दिन सकिनेछ ।

युनाइटेडले १०० रुपैयाँका दरले कुल ७२ करोड ५७ लाख ६० हजार रुपैयाँ बराबरको हकप्रद निष्कासन गर्न लागेको हो । युनाइटेडले हाल कायम चुक्ता पुँजी ३० करोड २४ लाख रुपैयाँबाट उक्त हकप्रद निष्कासन गर्न लागेको हो । हकप्रद बिक्रीपछि चुक्ता पुँजी १ अर्ब २ करोड ८१ लाख ६० हजार रुपैयाँ पुग्नेछ । हकप्रद प्रयोजनका लागि कम्पनीले साउन १४ गते बुक क्लोज गरेको हो । साउन १३ गते सम्म कायम सेयरधनी मात्र हकप्रद भर्न योग्य हुनेछन् ।

युनाइटेड इन्सुरेन्सको सम्पूर्ण शाखा तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलबाट हकप्रदमा आवेदन दिन सकिनेछ । यस्तै, एनएमबी बैंकका कार्यालयहरुबाट पनि आवेदन दिन सकिनेछ । गुडविल फाइनान्सको कार्यालय हात्तिसार, डिल्लीबजार, इन्द्रचोक, कुमारीपाटी शाखाबाट फारम पाइनेछ । कुपन्डोल, चावहिल र च्याम्हासिंहको सेन्ट्रल फाइनान्सको शाखाबाट र सी–आस्वा सदस्यता लिएका बैंक तथा वित्तीय संस्थाहरुबाट हकप्रद भर्न पाइने पनि कम्पनीले जनाएको छ ।

हकप्रद बिक्रीपछि पुँजी संरचना संस्थापक र सर्वसाधारणको ६०ः४० अनुपातमा हुने कम्पनीले जनाएको छ । कम्पनीले जारी गर्ने हकप्रदलाई केयर रेटिङ्गस् नेपालले ‘केयर एनपि आईपिओ ग्रेड ४’ रेटिङ्ग प्रदान गरेको छ। ग्रेड ४ रेटिङ्गले कम्पनीको आधारभुत पक्ष औसत भन्दा तल आधार रहेको जनाउँछ।हकप्रद बिक्रीबाट प्राप्त हुने रकममध्ये सरकारी र सरकारको जमानत प्राप्त सेक्युरेरिटी, पब्लिक कम्पनीको साधारण सेयर, नेपाल पुनर्बीमा, वाणिज्य बैंक र बिकास बैंकको मुद्दति निक्षेप र अन्य केही क्षेत्रमा लगानी हुने कम्पनीको भनाई छ ।

२०७६ साउन १७ गते प्रकाशित

वि.सं.२०७६ साउन १७ शुक्रवार १०:४० मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...