back
NMB ad

भदौको पहिलो हप्ता उपत्यकामा सार्वजनिक विद्युतीय यातायात गुड्ने

Kumari bank ad

काठमाडौं । सुन्दर यातायातले भदौको पहिलो हप्ताभित्र विद्युतीय सार्वजनिक यातायात शुरु गर्ने भएको छ । १७ साउनमा रिपोर्टर्स क्लब नेपालमा वेवसाइट विमोचन गर्दै यातायातले काठमाडौं उपत्यकाभित्र विद्युतीय यातायात संचालनमा ल्याउन लागेको जानकारी दिएको हो ।
सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले शुरुमा काठमाडौं उपत्यकाको रिङरोडमा विद्युतीय बस संचालन गरी देशभर विस्तार गर्ने योजना सुनाए । उनले भने,‘भदौंको पहिलो हप्ताभित्र विद्युतीय बस संचालनमा ल्याउँदैछौं ।’ बसका लागि चार स्थानमा विद्युत चार्ज गर्ने स्टेशन समेत राखिने बताए । विद्युतीय बसको भाडा अनलाइनबाटै तिर्न सकिने जानकारी दिए । अग्रिम रकम तिरेर कार्ड लिई बस चढ्न सकिने बताए ।

यातायात संचालनमा निके अवरोध खडा भएको सुनाए । बाधा अवरोध फुकाउन प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष निर्देशन दिएको बताए । अवरोधका बाबजुद काम शुरु गर्न लागेकोमा सबैको सहयोगका आशा व्यक्त गरे । कार्यक्रममा सुन्दर यातायात प्रा.लि.को वेवसाइट समेत विमोचन गरियो । काठमाडौ महानगरपालिका प्रमुख प्रशासकिय अधिकृत केदार न्यौपानेले दीप प्रज्वलन गरी वेभ साइटको विमोचन गरेका थिए । उनले यातायात संचालनपूर्व निकै अवरोधहरु पन्छाउनुपरेको सुनाए । अवरोधका बाबजुद यातायात संचालनमा आउन लागेकोमा सफलताको कमना गरे ।

यातायात व्यवस्था विभागका निर्देशक प्रेम कुमार सिहले विद्युतीय सेवा सर्वशुलभ र सस्तो हुने भएकाले यसलाई प्रोत्साहित गरिने बताए । विभागले यातायात क्षेत्रमा राम्रो कार्य गर्न लागेको भन्दै सुन्दर यातायातको प्रशंशा गरे । विद्युतीय सवारी साधनसम्बन्धी जानकार शैलेन्द्र बहादुर थापाले विद्युतीय यातायातको विशेषताबारे जानकारी दिए । देशको अर्थतन्त्रमा मात्र नभई वातावरणमा समेत यसले फाइदा पुग्ने जानकारी दिए ।

कार्यक्रममा सुन्दर यातायातका संचालक सुरेश पोखरेलले आगामी योजना बताएका थिए । संचालक मनिता जीसीले प्रधानमन्त्री केपी शर्मा ओलीको सुन्दर यातायातले विद्युतीय बस सेवा संचालन गर्न लागेकोमा दिएको शुभकामना पढेर सुनाएकी थिइन् । कार्यक्रममा कान्तिपुर एफएमका निर्देशक दिनेश डि.सी.ले सुन्दर यातायात प्रा.लि को कदम सेवामूलक र भरपर्दो हुने विश्वास व्यक्त गरे । काठमाडौ महानगरपालिका नगर प्रहरी महाशाखाका प्रमुख धनपति सापकोटााले शुभकामना मन्तव्य राखेका थिए ।

२०७६ साउन १८ गते प्रकाशित

वि.सं.२०७६ साउन १८ शनिवार ११:४२ मा प्रकाशित

You can share this post!

नेपालको पहिलो ओईएम ब्राण्ड सिजीले ल्यायो बिएलडिसि सिलिङ्ग फ्यान बजारमा

नेपालको पहिलो ओईएम ब्राण्ड सिजीले ल्यायो बिएलडिसि सिलिङ्ग फ्यान बजारमा

वि.सं.२०८१ वैशाख १६ आइतवार १२:११

काठमाडौं । नेपालको प्रतिष्ठित व्यापारिक घराना चौधरी ग्रुप अन्तर्गत सिजी...

बझाङ उपनिर्वाचन अपडेटः सर्वदलीय बैठक सुरु   

बझाङ उपनिर्वाचन अपडेटः सर्वदलीय बैठक सुरु   

वि.सं.२०८१ वैशाख १६ आइतवार १२:०५

चैनपुर (बझाङ) १६ वैशाखः बझाङ प्रदेशसभा (१) मा भएको उपनिर्वाचनको...

नेपाल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक

नेपाल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:५७

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक...

राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी   

राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी   

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:४५

काठमाडौँ, १६ वैशाख: राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल...

यस्ता छन् लगानी सम्मेलनको कार्यातालिका   

यस्ता छन् लगानी सम्मेलनको कार्यातालिका   

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:३५

काठमाडौँ, १६ वैशाखः आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो...

नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासङ्घ अध्यक्ष ढकाल     

नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासङ्घ अध्यक्ष ढकाल     

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:२६

काठमाडौँ, १६ वैशाख: नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले...