back
NMB ad

वीरगञ्जमा साढे ३६ करोड युनिट विद्युत विक्री, ४० करोड बक्यौता रकम उठेन

Kumari bank ad

वीरगञ्ज ।  नेपाल विद्युत प्राधिकरण वीरगञ्ज वितरण केन्द्रले आर्थिक वर्ष वर्ष २०७५/७६ मा ३६ करोड ६३ लाख ७१ हजार ५ सय २९ युनिट विद्युत् बिक्री गरी ४ अर्ब पाँच करोड ८२ लाख ७९ हजार १८७ राजश्व सङ्कलन गरेको छ ।

प्राधिकरणले आर्थिक वर्ष २०७५/७६ मा ३६ करोड ६३ लाख ७१ हजार ५ सय २९ युनिट विद्युत बिक्री गरी ४ अर्ब पाँच करोड ८२ लाख ७९ हजार १८७ राजश्व सङ्कलन गरेको छ । त्यसैगरी आव २०७४/७५ मा रु ३२ करोड २४ लाख आठ हजार २२ युनिट विद्युत् बिक्री गरी रु तीन अर्ब २८ करोड ६६ लाख ६४ हजार ९० राजश्व सङ्कलन गरेको थियो । शुरुमा १० दशमलव ७३ प्रतिशत विद्युत् चुहावट हँुदै आएको बारा, पर्सामा चुहावट घटाउने लक्ष्य लिएपछि अहिले ४ दशमलव ९६ प्रतिशतमा चुहावट झरेको छ । प्राधिकरणलाई रु २० करोड नाफा भएको केन्द्रका प्रमुख मुनीन्द्र ठाकुरले बताउनुभयो ।

नेपाल विद्युत प्राधिकरण वीरगञ्ज वितरण केन्द्रले ग्राहकसँग रहेको रु ४० करोड बक्यौता रकम उठाउन सकेको छैन । प्राधिकरणले आफ्ना ४६ हजार ग्राहकलाई विद्युत सेवा उपलब्ध गराउँदै आएकामा ग्राकहसँग बाँकी रहेको अझै रु ४० करोड उठाउन बाँकी रहेको केन्द्रलले जनाएको छ ।

बाँकी रहेका सो बक्यौता रकम उठाउन प्राधिकरणले विद्युत् लाइन काट्ने, जनचेतना फैलाउने जस्ता काम गर्दै आएको छ ।
आव २०७५/७६ मा विभिन्न तरिकाबाट उद्योगले रु ५१ लाख ४६ हजार ४ सय ४१ युनिट विद्युत् चुहावट गरेकोले ८० वटा उद्योगलाई कारवाही गरी रु पाँच करोड ५३ लाख ११ हजार ६सय ६५ जरिवाना असुल गरेको छ । विद्युत् चोरी गरी चुहावट गर्दै आएका अन्य ग्राहकबाट प्राधिकरणले रु ३१ लाख २८ हजार ३ सय १७ जरिवाना असुल गरेको छ ।

यसैगरी विद्युत् खपत गरी राजश्व नबुझाउने र कालो सूचीमा रहेका ९२ जना ग्राहकबाट रु ४९ लाख २८ हजार ३ सय ४९ राजश्व सङ्कलन गरेको छ भने समयमा पैसा नबुझाउने ७ सय १२ जना ग्राहकको लाइन काटेर रु छ करोड एक लाख १० हजार ६१७ बक्यौता रकम उठाएको छ ।

लामो समयदेखि विद्युत् मिटर खराब रहेकोले विद्युत चुहावट बढ्दै जादा १ सय ५० वटा उद्योगको मिटर हटाएर नयाँ मिटर लगाएको छ । मिटर खराब हँुदा कम विद्युत् बिल उठने भएकोले वास्तविक खपत युनिट देखा परोस् भनेर प्राधिकरणले नयाँ मिटर जडान गरी विद्युत चुहावट रोकेको छ । यसै क्रममा प्राधिकरणले साना ग्राहकको ४ सय ७८ वटा बन्द रहेको मिटर बदली रु ४२ लाख २६ हजार ७ सय ४७ राजश्व उठाएको छ ।

२०७६ साउन १९ गते प्रकाशित

वि.सं.२०७६ साउन १९ आइतवार १६:४६ मा प्रकाशित

You can share this post!

बजेट अभावमा धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा पुल निर्माण प्रभावित   

बजेट अभावमा धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा पुल निर्माण प्रभावित   

वि.सं.२०८१ वैशाख २३ आइतवार १०:५८

गोदावरी (कैलाली), २३ वैशाखः धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा बनाइने आठवटा पुलका निम्ति...

कति छ आज सुनचाँदीको भाउ ?

कति छ आज सुनचाँदीको भाउ ?

वि.सं.२०८१ वैशाख २३ आइतवार १०:५२

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको भाउ स्थिर रहेको...

आइएमई लाइफ इन्स्योरेन्सको लाभांश संशोधन, अब कति दिने भयो ?

आइएमई लाइफ इन्स्योरेन्सको लाभांश संशोधन, अब कति दिने भयो ?

वि.सं.२०८१ वैशाख २३ आइतवार १०:४३

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले लाभांश संशोधन गरेको छ ।...

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:४०

काठमाडौँ, २३ वैशाख: जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा...

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३४

काठमाडौँ, २३ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...