back
NMB ad

करीब १३ लाख मूल्य बराबरको अवैध सामान सहित दुई जना पक्राउ

Kumari bank ad

काठमाडौं । प्रहरीले करीब १३ लाख मूल्य बराबरको अवैध सामान सहित गए राति दुई जनालाई पक्राउ गरेको छ । भन्सार छलेर नेपाल तर्फ ल्याउँदै गरेको किरानाका सामान तथा सवारी साधन सहित प्रहरीले सिरहाको छुट्टाछुटै स्थानबाट दुई जनालाई पक्राउ गरेको हो ।

सिरहा नगरपालिका–३ मखनाहास्थित प्रहरी चौकीबाट खटिएको गस्ती टोलीले बी आर ३२ जे १२०६ नं को स्कोर्पीयोमा भारतबाट नेपालतर्फ अवैध रूपमा लिएर आइरहेको किराना सामान सहित सिरहाको कल्याणपुर नगरपालिका–१२ निवासी ५० वर्षीय सरिफ राइनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो ।

त्यसैगरी सिरहा नगरपालिका–७ ट्राफिक नजिकैबाट अवैध सामानसहित मिर्चैया नगरपालिका–५ निवासी ४५ वर्षीय विष्णुदेव महतोलाई पक्राउ गरेको छ ।

स १ प ९२०२ नं को मोटरसाइकलमा भन्सार छलेर लुकाई राखिएको ३५ हजार मूल्य बराबरको किराना सामान नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ गरिएको सम्पूर्ण सामान जिल्ला भन्सार कार्यालय माडरमा बुझाइने जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक बोहराले जानकारी दिनुभयो ।

२०७६ साउन २१ गते प्रकाशित

वि.सं.२०७६ साउन २१ मंगलवार १०:०५ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...