back
NMB ad

‘सर्पबाट बचौं, सर्पलाई बचाऊँ’ भन्ने मूल नारा सहित सर्प कार्यशाला सम्पन्न

Kumari bank ad

काठमाडौं । कालीगण्डकी नदी उत्तरबाहिनी क्षेत्रमा चलेको अन्तर्राष्ट्रिय सर्प कार्यशाला पाँच बुँदे घोषणापत्र तयार गर्दैै सकिएको छ । पाल्पाको रम्भा गाउँपालिका, स्याङ्जाको गल्याङ नगरपालिका, वन तथा कृषि विश्वविद्यालय चितवन रामपुर र कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानको आयोजनामा कार्यशाला भएको हो । नागपञ्चमीको अवसर पारेर शनिबारदेखि शुरु भएको कार्यशाला सोमबार सकिएको हो ।

पाल्पाको रम्भा गाउँपालिका–१ तथा गल्याङ नगरपालिका मालुङको सीमा क्षेत्रमा तीन दिनसम्म चलेको कार्यशालाले नागपञ्चमीको दिनलाई अन्तर्राष्ट्रिय सर्प दिवस मनाउनका लागि नेपाल सरकारमार्फत सम्बन्धित निकायमा पठाउने, ‘सर्पबाट बचौं, सर्पलाई बचाऊँ’ भन्ने मूल नारालाई साकार बनाउने, अन्तर्राष्ट्रिय सम्मेलन २०७७ को नागपञ्चमीको दिन चितवनमा सञ्चालन गर्ने, कार्यशाला गोष्ठीबाट निस्केका निष्कर्षलाई हुबहु सम्बन्धित निकायमा पठाउने घोषणापत्र तयार पारिएको छ ।

घोषणापत्रअनुरुप प्रतिवेदन तयार पार्नका लागि चैतन्य कृष्ण प्रभुको संयोजकत्वमा डा. प्रमोद ढकाल, प्रा.डा. तुलसी खनाल, देवप्रसाद पाण्डे, डा मोतीप्रसाद ढकाल सदस्य रहेको पाँच सदस्यीय प्रतिवेदन तयारी समिति चयन गरेको रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिनुभएको छ । समितिले एक महीनाभित्र प्रतिवेदन तयार पार्नेछ । गण्डकी प्रदेशका कृषि तथा सहकारी मन्त्रालयका तालीम शाखा प्रमुख सहसचिव वासुदेव काफ्लेले सर्पलाई चिन्न सके यसको महत्व र मित्रताको सन्दर्भमा जानकारी हुने बताउनुभयो ।

कार्यक्रममा अन्तर्राष्ट्रियस्तरमा नागपञ्चमीको परिचय गराउने, सर्पलाई बचाउने, सर्प शत्रु होइन मित्र हो भन्ने जानकारी सबैमा फैलाउन आवश्यक रहेको रम्भा गाउँपालिका पाल्पाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनुभयो । नेपालमा ८९ प्रकारका सर्प भएकामा चार प्रकारका मात्रै विषालु रहेको निष्कर्ष सहित सबै सर्पका विषयमा यमप्रसाद भण्डारी डा. देवप्रसाद पाण्डेले सर्पको मुख र यसको विषको विषयमा प्रयोगात्मक ज्ञान, सीप समेत सिकाउनु भएको थियो ।

सर्पले मुसा, किरा फट्याङ्ग्रा खाएर खेतीपाति जोगाउन मद्दत गर्ने, सर्पका विषलाई प्रशोधन गरेर औषधिको रूपमा प्रयोग गर्न सकिने, धार्मिक दृष्टिले पनि यसको महत्व रहेको पाइन्छ ।

२०७६ साउन २१ गते प्रकाशित

वि.सं.२०७६ साउन २१ मंगलवार १०:१३ मा प्रकाशित

You can share this post!

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

वि.सं.२०८१ जेठ २ बुधवार २०:१८

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको...

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

वि.सं.२०८१ जेठ २ बुधवार १८:२३

काठमाडौँ, २ जेठः अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सार्वजनिक भएको सरकारको...

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

वि.सं.२०८१ जेठ २ बुधवार १८:१९

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले शिक्षाको पँहुचबाट पिछडिएका बालबालिकाहरुलाई...

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

वि.सं.२०८१ जेठ २ बुधवार १८:०९

कोपेनहेगन, २ जेठ : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले युरोपमा...

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

वि.सं.२०८१ जेठ २ बुधवार १८:०२

काठमाडौँ, २ जेठ: भारतको अयोध्यास्थित श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका...

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

वि.सं.२०८१ जेठ २ बुधवार १७:५१

काठमाडौं । पर्यटन श्रमिकहरुको सबैभन्दा ठूलो संस्था नेपाल ट्रेकिङ, ट्राभल्स,...