back
NMB ad

खोलाको कटान रोक्न ६ करोडको तटबन्ध योजना

Kumari bank ad

रोल्पा । रोल्पामा ६ करोडभन्दा बढीको तटबन्ध योजना सञ्चालन भएको छ । वर्षायाममा खोलाको बहाव बढेर विभिन्न बस्ती तथा खेतीयोग्य जमिन कटान गर्ने भएकाले उक्त जोखिमलाई कम गर्न रोल्पाका विभिन्न खोलामा उक्त योजना संचालन गरिएको हो ।

जिल्लाको एक नगरपालिका र ९ गाउँपालिकामा उक्त तटबन्धका योजना सञ्चालन गरिएको जनताको तटबन्धन आयोजना कार्यालय लमहीले जानकारी दिएको छ ।  जिल्लाको माडी खोलाको कटान रोक्न माडीचौरमा १ करोड, लुंग्री खोलाको कटान रोक्न सुलिचौरमा १ करोड, चुन्बाङ खोला र चप्काखोलाको कटान नियन्त्रण गर्न दुईखोलीमा पनि १ करोडको तटबन्ध योजना सम्पन्न गरिएको उपभोक्ता समितिका अध्यक्ष हरिप्रसाद खत्रीले जानकारी दिए । यस्तै परिवर्तन गाउँपालिकाको राङ्सीमा पहिरो रोक्न ५० लाखको योजना सञ्चालन गरिएको अध्यक्ष खत्रीले बताउनुभयो ।

यस्तै जिल्लाको धाङ्सी, फगाम, चक्री, जिवई र म्वाले खोला तटबन्धका लागि पनि ५०/५० लाखका दरले बजेट कार्यान्वयन भएको बताइएको छ ।

२०७६ साउन २१ गते प्रकाशित

वि.सं.२०७६ साउन २१ मंगलवार १५:१२ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...