back
NMB ad

नेपाल विद्युत् प्राधिकरण खुद नाफा ६ अर्ब ३८ करोड

Kumari bank ad

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण पछिल्लो दुई वर्षदेखि नाफामा जान लागेको छ । विद्युत प्राधिकरणले गत आर्थिक वर्षमा नाफा १२४ प्रतिशत बढाएको छ । गत असारसम्म प्राधिकरणले ६ अर्ब ३८ करोड रुपैयाँ खुद नाफा गरेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा २ अर्ब ८४ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा विद्युत् प्राधिकरणले ३ अर्ब ५३ करोड १९ लाख रुपैयाँ खुद नाफा बढाएको स्रोतले बतायो । बिहारबाट खरिद गरिएको बिजुली महँगो परेकाले नाफा कम देखिएको प्राधिकरण स्रोतको दाबी छ । बिहारको बिजुलीको भाउ महँगो नपरेको भए खुद नाफा १० अर्ब रुपैयाँ पुग्ने स्रोतको भनाइ छ ।

संस्थागत सुशासन, अनावश्यक खर्च कटौती र चुहावट नियन्त्रणले गर्दा नाफा बढेको प्राधिकरण जनाएको छ । २०७३ भदौमा कुलमान घिसिङ कार्यकारी निर्देशकमा नियुक्त हुँदा प्राधिकरण आठ अर्ब ८९ करोड खुद नोक्सानीमा थियो । उहाँको व्यवस्थापकीय कुशलताले मुलुकलाई लोडसेडिङ मुक्त मात्रै गरेन घाटामा रहेको प्राधिकरणलाई नाफामा लैजान पनि सफल भएको छ ।

प्राधिकरणले औसत आठ रुपैयाँमा बिजुली किनेर १० रुपैयाँ ४ पैसामा बिक्री गर्दै आएको छ ।

२०७६ साउन २१ गते प्रकाशित

वि.सं.२०७६ साउन २१ मंगलवार १४:४७ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...