back
NMB ad

दाङ–काठमाडौं दैनिक दुई जहाज चल्ने

Kumari bank ad

दाङ । दाङ–तुलसीपुर उपमहानगरपालिका–१२ स्थित टरिगाउँ विमानस्थलमा अब दैनिक दुईवटा जहाजले उडान भर्ने भएका छन ।

उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले साउन २२ गते बुधबारदेखि टरिगाउँ विमानस्थलमा दाङ–काठमाडौंका लागि नियमित दुईवटा विमानले उडान गर्ने जानकारी दिनुभएको हो । नेपाल एयरलाइन्सले अब दैनिक दुईवटा उडान भर्ने भएको हो ।

यसअघि दैनिक एउटा मात्र उडान हुँदै आएको थियो । सातामा नियमित दुई उडान हुने भएपछि धेरै यात्रुले सेवा लिन सक्नेछन । यात्रुहरूको चापलाई मध्यनजर गर्दै जहाज उडान संख्या वृद्धि भएको पाण्डेले जानकारी दिनुभयो ।

तुलसीपुर उपमहानगरपालिका र नेपाल वायुसेवा निगमबीच गत ३० कात्तिक ०७५ काठमाडौं–दाङ–काठमाडौं दैनिक नियमित उडान गर्ने सम्झौता भएको थियो । उक्त सम्झौतापत्रमा बजारको मागअनुसार उडान संख्या थपघट गर्न सकिने उल्लेख भएको थियो ।

लामो समयदेखि बन्द रहेको उक्त विमानस्थललाई तुलसीपुर उपमहानगरपालिकाको पहलमा गएको वर्षदेखि नियमित सञ्चालनमा ल्याइएको हो ।

२०७६ साउन २२ गते प्रकाशित

वि.सं.२०७६ साउन २२ बुधवार ०८:१९ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...