back
NMB ad

तनहुँको आँबुखैरेनीमा निर्माणाधीन मोटरेबल पुल छ वर्षदेखि अलपत्र

Kumari bank ad

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र ६ जोड्ने लाब्दीखोलामा निर्माणाधीन मोटरेबल पुल छ वर्षदेखि अलपत्र छ । उक्त पुल निर्माणको काम छाडेर ठेकेदार सम्पर्कविहीन भएकाले पुल अलपत्र बनेको हो ।

लामो समय बितिसक्दा पनि ठेकेदारले पुल निर्माणमा चासो नदिँदा अलपत्र बनेको पूर्वाधार विकास कार्यालयका प्रमुख लक्ष्मी भण्डारीले बताएका छन् । शुरुमा काठमाडौँ स्थित जयबाबा जेभी निर्माण कम्पनीले ०७० साल चैत १९ गते ठेक्का लिएकामा काम नगरी सम्पर्कविहीन बनेपछि बिटी जेभी निर्माण कम्पनीले रु तीन करोड ७८ लाख चार हजारमा निर्माण गर्ने ठेक्का लिएको थियो । उक्त कम्पनीले पनि पुलको दुवै पट्टिको एउटा लिफ्ट मात्र उठाएर सम्पर्कविहीन बनेकाले निर्माणाधीन पुल अलपत्र बनेको उनले जानकारी दिए ।

केही दिनअघि सम्पर्क गर्दा निर्माण ठेकेदारले ठेक्का सम्झौता भएको रकमको २० प्रतिशत रकम बैंक ग्यारेण्टी ९एपिजी० राखेर काम गर्छु भन्नाका साथै निर्माण कम्पनीको साहुका छोरा सुजन भण्डारीले समेत काम सम्पन्न गरेर छाड्ने आश्वासन दिएको जानकारी दिँदै उनले भने, “ढिलोमा भदौ महीनाको पहिलो सातादेखि काम गर्छु भन्ने सम्झौता गरी बैंक ग्यारेण्टी पत्र ल्याउने विश्वास दिलाएको हुँदा निर्माणाधीन पुल सम्पन्न हुन्छ भन्नेमा विश्वास लिएको छु ।”

उक्त अवधिमा पनि निर्माण कम्पनीले काम शुरु नगरे सार्वजनिक खरीद अनुगमन कार्यालयलाई कालो सूचीमा राख्न परिपत्र गर्नाका साथै कानून बमोजिम बाँकी असुल गरिने प्रमुख भण्डारीले बताए । उनले भने, “पुनः बोलपत्र आह्वान गर्दा प्रक्रिया लम्बिने र निर्माण कार्य ढिलो हुने भएकाले सोही निर्माण कम्पनीलाई निर्माणका लागि दबाब गरिएको हो, काम शुरु गरेमा एक वर्षभित्र सम्पन्न पनि गर्न सक्छ । ” उक्त कम्पनीले ०७३ साल फागुन महीनामा सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो ।

निर्माण कार्यले गति नलिँदा लाखौँ मूल्य पर्ने निर्माण सामग्री बेवारिसे हुनाका साथै निर्माणमा पनि ढिलाइ भएको छ । पुल अलपत्र अवस्थामा पुगेपछि त्यस क्षेत्रका पाँच हजार बासिन्दा चिन्तित भएका छन् । करीब ४० मिटर लामो उक्त पुलको छ वर्षको अवधिमा १३ प्रतिशत मात्रै काम सम्पन्न भएको इञ्जिनीयर सागर मगरले बताएका छन् । तत्कालीन समयमा पुलको दुवैतिरको पर्खाल ठड्याउने काम गरेपछि निर्माण कम्पनी सम्पर्कविहीन भएको बताइएको छ । (रासस)

२०७६ साउन २४ गते प्रकाशित

वि.सं.२०७६ साउन २४ शुक्रवार १३:३२ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...