back
NMB ad

बागलुङको गलकोटमा १५ लाखमा कवर्ड हल बन्दै, ४०% काम सम्पन्न

Kumari bank ad

बागलुङ । बागलुङको गलकोट नगरपालिका–३ हटियामा १५ लाख बराबरको लागतमा कवर्ड हल निर्माण हुने भएको छ । गलकोट नगरपालिका र वडा कार्यालयबाट विनियोजित बजेटबाट कवर्ड हल निर्माण हुन नसकेपछि युवाहरुले आफ्नै लगानीबाट हल निर्माण गर्ने भएका हुन् ।

गलकोट नगरपालिका वडा नं ३ हटिया बजार नजिक रहेको पुरानो मिलको नजिकै रहेको स्थानिय सोम प्रसाद श्रेष्ठको जग्गा ७ वर्षको लागि २ लाख रुपैया बन्दकी लिएर हल निर्माण गर्न सुरु गरिएको अध्यक्ष भिमसेन श्रेष्ठले जानकारी दिनुभयो ।
समितीले कवर्ड हल निर्माणको लागि प्रत्येक सदस्यहरुबाट नगद रु १० हजारका दरले रकम संकलन गरेको छ । बाँकी अपुग रकम रोजगारीका लागि विदेशमा रहनुभएका गलकोटे युवाहरु र समितिका पदाधिकारी जमानी बसी सहकारी मार्फत ऋण लिएर निर्माण सम्पन्न गरिने सचिव गगन कुवँरले जानकारी दिनुभयो ।

गलकोटमा कवर्ड हल निर्माण हुनु आफैमा सुखद विषय भएको भन्दै वैदेशिक रोजगारीका लागि प्रवासमा रहेका युवाहरुबाट समेत आवश्यक सहयोग प्राप्त भएको समितिले जनाएको छ । बैदेशिक रोजगारिमा रहेका प्रवासी गलकोटेले आगामी दिनमा पनि गलकोटलाई खेलकुदको हव बनाउनका लागि सक्दोे सहयोग गर्ने प्रतिबद्धता जनाएको कोषाध्यक्ष दिलिप श्रेष्ठले जानकारी दिनुभयो ।

नगरपालिकाले बजेट नदिएको युवाको आरोप
आर्थिक वर्ष २०७४र०७५ मा गलकोट नगरपालिकाबाट वडा नं ३ मा रहेको चिसापानीमा कवर्ड हल निर्माणको लागि १० लाख बजेट विनियोजन भएको थियो । १० लाख बजेट विनियोजित रकमबाट कवर्र्ड हल निर्माणको लागि जग्गा सम्याउने काम भएपनि त्यसपछि कुनै पनि आर्थिक वर्षमा कवर्ड हल निर्माणको योजनाले बजेटको स्वाद लिन सकेको छैन । हामिले नगरपालिकाको बजेटमा साझेदारी गरि हल बनाउन भनेका थियौं अध्यक्ष श्रेष्ठले भन्नुभयो नगरपालिकाले साझेदारी गर्न पनी चाहेन् । नगरपालिकाले नदिएपनि हल निर्माण गर्ने तयारी भएको उहाँको भनाई छ । नगरपालिकाले बनाउने भनेको हल नबनाउने र युवाले गछौं भन्दा नदिनु दखको बिषय रहेको स्थानियको आरोप छ ।

दर्ता प्रक्रियामा संघ
गलकोट नगरपालिका वडा नं ३ हटियामा व्यवसाय गर्दै आउनुभएका व्यवसायी भिमसेन श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय गलकोट ब्याडमिन्टन संघ गठन गरिएको छ । समिती को उपाध्यक्षमा गोरख भण्डारी, कोषाध्यक्ष दिलिप श्रेष्ठ, सचिब गगन कुवँर, र सह सचिब दिनेश खत्री रहनुभएको छ । गलकोट ब्याडमिन्टन संघ आवश्यक प्रक्रिया पुरा गरि आधिकारिक रुपमा जिल्ला प्रशासन कार्यलय बागलुङमा दर्ता प्रक्रियामा रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

हलको ४० प्रतिशत काम सम्पन्न
व्यक्तिगत स्वार्थको लागि भन्दापनि आफु स्वस्थ्य, तन्दुरुत रहनका लागि, गलकोटमा ब्याडमिन्टनप्रति युवाहरुलाई आकर्षण गराउनको लागि र गलकोटमा हुने विभिन्न कार्यक्रममा हल अभाव भएको भन्दै बिहान बेलुका हलमा ब्याडमिन्टन खेल सञ्चालन भएपनि दिउसोमा विभिन्न कार्यक्रम सञ्चालन गर्न सकिने भन्दै हल निर्माण गर्ने लागिएको निर्माण समितिका उपाध्यक्ष गोरख भण्डारीले बताउनुभयो । हलको ४० प्रतिशत काम सम्पन्न भएको र दशै अगाडि सम्पन्न गर्न योजना रहेको सह सचिव दिनेश खत्रीले जानकारी दिनुभयो ।

वि.सं.२०७६ साउन २६ आइतवार ०८:०८ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...