back
NMB ad

बेरोजगारलाई रोजगार दिन एक घर, एक रोजगार कार्यक्रम

Kumari bank ad

काठमाडौं । सुर्खेतको गुर्भाकोट नगरपालिकाले बेरोजगार युवालाई गाउँमै रोजगारीको अवसर जुटाउने भएको छ । जसअन्तर्गत नगरपालिकाले वार्षिक न्यूनतम १०० दिनको रोजगारी दिने कार्यक्रम तय गरेको छ । नगरपालिकाले गरीब, विपन्न तथा पिछडिएका भूगोलका समुदाय र परिवारका बेरोजगार युवालाई ‘एक घर, एक रोजगार’ कार्यक्रमअन्तगत रोजगार दिने नीति लिएको हो ।

“कामका लागि विदेशमा जाने व्यक्तिलाई स्थानीयस्तरमै रोजगारी दिने उद्देश्यअनुरुप यो नीति अवलम्बन गरेका हौँ”, नगरप्रमुख हस्त पुनले भने, “एक घरका एक जनालाई कम्तीमा १०० दिनको रोजगारी दिन्छौँ ।” नगरपालिकाले लिएको नीतिले विदेश जाने युवालाई रोक्ने र गाउँमै सिर्जनात्मक काममा संलग्न हुन सहयोग गर्ने उनले बताए ।

नगरपालिकाले युवालाई स्वरोजगार बनाउनका लागि यस्ता खालका व्यावसायिक कार्यक्रम ल्याएको छ । पानी, खानी, कृषि र वन, हाम्रा युवा हाम्रा धन अन्तर्गत युवालाई कृषिकर्म, पर्यटन, होमस्टेलगायतका व्यवसायमा जोड्ने नीति नगरपालिकाले लिएको छ ।
नगरपालिकाले भविष्यका आधारका रुपमा बालबालिकामा लगानी, विकास र समृद्धिका लागि युवालाई रोजगारी र ज्येष्ठ नागरिकलाई अनुभव बैंकका रुपमा लिँदै सोहीअनुसार आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम ल्याएको छ ।

नीति तथा कार्यक्रममा आगामी आवमा २०० खर र परालको छाना भएका घरलाई जस्तापाताको छानोमुनि ल्याउने उल्लेख छ । “यसका लागि जस्तापाता खरीदमा लाग्ने रकमको ३० प्रतिशन नगरपालिकाले अनुदान दिन्छ”, प्रमुख पुनले भने, “आगामी तीन वर्षभित्रमा गुर्भाकोटलाई खर र परालको छानोमुक्त बनाउने लक्ष्य लिएका छौँ ।” नगरपालिकाले महिलाका लागि ‘उपप्रमुख उद्यमशीलता कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । “यो कार्यक्रमअन्तर्गत १४ वटै वडामा उद्यम विकास केन्द्र स्थापना गरिने छ”, उपप्रमख मैना विकले बताइन् “महिलालाई स्वरोजगार बनाउनका लागि यो कार्यक्रम ल्याइएको हो ।”

त्यसैगरी नगरपालिकाले ‘एक घर, एक धारा’ अभियानअन्तर्गत प्रत्येक नागरिकका घरघरमा खानेपानीको पहुँच पु¥याउनका लागि विभिन्न योजना अघि ल्याएको छ । यस्तै नगर क्षेत्रभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ५ सम्मका विद्यार्थीलाई स्थानीय पौष्टिक खानाको व्यवस्था गर्ने, महिला स्वास्थ्य स्वयंसेविकाका घरलाई स्वास्थ्य जनचेतनास्थलको रुपमा विकास गर्ने, ‘एक घर, एक करेसाबारी’ अन्तर्गत कृषि उत्पादनको विविधिकरण र विशिष्टीकरण गर्नुका साथै कम्तीमा पनि १५ कृषक तथा समूहलाई कृषि ऋण उपलब्ध गराउने बैंक तथा वित्तीय संस्थालाई ‘हाम्रो बैंक’ सम्मान प्रदान गर्ने उल्लेख छ ।

२०७६ साउन २७ गते प्रकाशित

वि.सं.२०७६ साउन २७ सोमवार १०:०६ मा प्रकाशित

You can share this post!

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३९

काठमाडौँ : नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको शेयर प्रत्याभूति...

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३०

काठमाडौँ, २१ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...