रौतहट । घरेलु तथा साना उद्योग कार्यालय रौतहटले आर्थिक वर्ष २०७५/७६ मा २ करोड ३२ लाख १९ हजार ६३२ रुपैयाँ राजस्व संकलन गरेको छ ।
उद्योग दर्ताबाट ८७ लाख ९४ हजार रुपैयाँ, वाणिज्य प्रशासनतर्फ प्राईभेट फर्म (खरीदविक्री)बाट १ करोड ४३ लाख ७५ हजार ३५ रुपैयाँ र धरौटी जफतबाट ५० हजार ५४७ रुपैयाँ संकलन भएको कार्यालयले जानकरी दिएको छ ।
सो अवधिमा ८९२ ओटा साना तथा घरेलु उद्योग दर्ता भएको र वाणिज्य तर्फ १ हजार २२५ ओटा थप भएकोे घरेलु तथा साना उद्योग कार्यालय रौतहटले जानकारी दिएको छ ।
रौतहटमा करीब ४ हजार घरेलु तथा साना उद्योग रहेकोमा १३८ ओटा खारेज भएको कार्यालयका प्रमुख जयकान्त झाले बताए । घरेलु तथा साना उद्योग कार्यालयले दर्ता, नियमन, लागत तथा खारेजी लगायतका काम गर्ने गरेको उनको भनाइ छ ।
२०७६ साउन २७ गते प्रकाशित
वि.सं.२०७६ साउन २७ सोमवार १७:२४ मा प्रकाशित