back
NMB ad

मोबाइल एपबाट ट्याक्सी सेवा दिँदै, ‘यात्रु’ फोन, एसएमएस र एपबाटै अर्डर

Kumari bank ad

काठमाडौं ।  काठमाडौं उपत्यकाको ट्याक्सी सेवा व्यवस्थित र मर्या्दित बनाउन ‘यात्रु’ले अनलाइन ट्याक्सी सेवा शुरू गर्ने भएको छ ।

फोन, एसएमएस र मोबाइल एपको माध्यमबाट ट्याक्सी बोलाउन मिल्नेगरी यात्रुले सेवा दिन लागेको हो । आगामी आइतवारदेखि उपत्यकामा परीक्षणका रूपमा फोन र एसएमएसको माध्यमबाट उक्त सेवा शुरू गर्न लागिएको कम्पनीले बताएको छ । त्यसको १ महीनाभित्र मोबाइल एपबाट समेत सेवा सञ्चालन गर्ने उसको तयारी छ ।

हालसम्म कम्पनीमा उपत्यकाका १ हजारभन्दा बढी ट्याक्सी व्यवसायीरचालक आबद्ध भइसकेका छन् । आगामी २ महीनाभित्र उपत्यकाका २ हजारभन्दा बढी ट्याक्सी व्यवसायीलाई आबद्ध गर्ने लक्ष्य कम्पनीको छ । कम्पनीमा अनिल चौधरी, राजु चौधरी र राजीव बम्जन संस्थापकका रूपमा छन् । तीनैजना म्यानेजमेन्टका विद्यार्थी हुन् ।

यसमा आबद्ध हुने ट्याक्सी चालकसँग भाडाको १० देखि २० प्रतिशत लिइने कम्पनीले बताएको छ । बाँकी रकम चालकको आफ्नै हुनेछ । यात्रुमा आबद्ध हुनुअगावै कम्पनीले ट्याक्सी चालकलाई प्राविधिक लगायत विषयमा तालीम दिनेछ । उक्त तालीममा उनीहरूलाई ग्राहकसँग गर्ने व्यवहार र पिकअप तथा ड्रप गर्ने तरीका सिकाइनेछ ।

यात्रुमा तत्काललाई मोबाइल एपको सुविधा भने हुनेछैन । सञ्चालनमा ल्याउन लागिएको एप अहिले परीक्षणकै क्रममा रहेको चौधरीले बताए । ‘यात्रुको सुरक्षालाई प्राथमिकतामा राखेका छौं,’ उनले भने, ‘स्तरीय सेवा दिन प्रतिबद्ध छौं ।’
पछिल्लो समय विश्वमा अनलाइनको माध्यमबाट व्यवस्थित ट्याक्सी सेवा सञ्चालन भइरहँदा नेपालमा पनि त्यसको प्रत्यक्ष प्रभाव परेको देखिन्छ ।

ग्राहकले फोन, एसएमएस र मोबाइल एपको माध्यमबाट ट्याक्सी अर्डर गर्छन् । उक्त तीनमध्ये जुनसुकै माध्यमबाट अर्डर गरे पनि कम्पनीले त्यसको निक्र्योलका लागि सम्बन्धित ग्राहकको मोबाइल नम्बरमा फोन गर्छ । यसरी कम्पनीले ट्याक्सी अर्डर गरेको स्थान र गन्तव्यसम्बन्धी जानकारी लिन्छ । त्यसपछि सेवाबापत लाग्ने शुल्कबारे बताउँछ ।

ग्राहकले शुल्क बुझेपछि सेवा लिन चाहेमा वा अर्डर गरेको स्थानदेखि १ किलोमिटर आसपास यात्रुको ट्याक्सी भएमा मात्र अर्डर स्वीकृत हुन्छ । ग्राहकले भनेको स्थान नजीक ट्याक्सी उपलब्ध नभए अर्डर नलिइने व्यवस्था कम्पनीले गरेको छ । उपत्यकामा जामको समस्याले योभन्दा बढी दूरीको अर्डर लिन नसकिएको कम्पनीले बताएको छ । अर्डरपछि ट्याक्सी जाममा परे ग्राहकले धेरै समय पर्खनुपर्ने समस्या आउन नदिन उक्त व्यवस्था गरेको हो । (आर्थिक अभियानबाट)

२०७६ साउन २८ गते प्रकाशित

वि.सं.२०७६ साउन २८ मंगलवार ०९:२१ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...