back
NMB ad

तरकारीको मूल्य घटेपछि उपभोक्तालाई राहत

Kumari bank ad

विराटनगर । बजारमा तरकारीको मूल्य घटेपछि उपभोक्तालाई राहत मिलेको छ । एक महीना अघि तरकारीको मूल्यमा एक्कासी वृद्धि भएपछि उपभोक्ता मारमा परेका थिए ।

अत्यधिक वर्षासँगै बाढी आएपछि तरकारी नष्ट भएको थियो । तरकारी नष्ट भएसँगै मूल्यवृद्धि भएपछि यहाँका बासिन्दाको दैनिक जीवन प्रभावित बनेको थियो । प्रदेश नं १ को राजधानी विराटनगरमा अहिले हरियो तरकारीको मूल्य घटेको छ । स्थानीय रुपमै उत्पादन बढेपछि बजारमा हरियो तरकारी सहज रुपमा उपलब्ध हुनुका साथै सस्तोमाका खरीद बिक्री भइरहेको यहाँका व्यापारी बताउँछन् ।

विराटनगरस्थित गुद्री तरकारी बजारका व्यापारी बजरङ्ग गुप्ता अरु तरकारीको मूल्य घटेपनि आलु र प्याजको मूल्यमा कमी नआएको बताउँछन् । “पुरानो आलु भारतबाट आयात गर्दैआएका छौँ, नयाँ आलु स्थानीय उत्पादन हो”, उनले भने ।
अहिले बजारमा पुरानो आलु प्रतिकिलो ४० रूपैयाँ तथा नयाँ आलु प्रतिकिलो ६० रूपैयाँमा खरीद बिक्री भइरहेको छ । यस्तै स्थानीय बजारमा गोलभेँडा प्रतिकिलो ७० रूपैयाँमा बिक्री भइरहेको छ ।

एक महीना अघि बाढी आउँदा गोलभेँडाको मूल्य प्रतिकिलो १४० रूपैयाँ पुगेको थियो । अहिले भिन्डीको मूल्य १०० बाट घटेर ६० रूपैयाँ पुगेको छ । प्याजको मूल्य यथावत छ । अहिले प्याज प्रतिकिलो ५० रूपैयाँमा बिक्री भइरहेको छ । गाजरको मूल्य प्रतिकिलो २०० बाट घटेर १५० रूपैयाँ, मूला प्रतिकिलो १५० बाट १२० रूपैयाँ, तिते करेला प्रतिकिलो १२० बाट ९० रूपैयाँ, घिरौला प्रतिकिलो ८० बाट ५० रूपैयाँ तथा लौकाको मूल्य प्रतिकिलो ५० बाट घटेर ३५ रूपैयाँ पुगेको छ ।

यस्तै बोडीको मूल्य प्रतिकिलो १२० बाट ८० रूपैयाँ, सिमी प्रतिकिलो १४० बाट १०० रूपैयाँ, परवल प्रतिकिलो १२० बाट ८० रूपैयाँ र भन्टाको मूल्य प्रतिकिलो १०० बाट घटेर ७० रूपैयाँ भएको छ ।

मूल्य घटेपछि तरकारीको खरीद बिक्री बढेको व्यापारीहरु बताउँछन् । “लगभग सबै तरकारीको मूल्य घटेको छ, व्यापार ह्वात्तै बढेको छ”, तरकारी व्यापारी राम चौधरीले भने । बजारमा हरियो तरकरी सहजै आपूर्ति भइरहेको छ ।
मूल्य घटेपछि हरियो तरकारी दिनहुँ किन्ने गरेको स्थानीय उपभोक्ता रमा भण्डारीले बताइन् । “तरकारीको मूल्य घटेपछि राहत मिलेको छ, तरकारी किन्न कन्जुस्याइँ गर्नु परेको छैन”, उनले भनिन् । यस्तै विराटनगरकी मेनुका साह एक महिना अघि पाउमा खरीद गर्ने गरेको तरकारी किलोका दरले किन्न थालेको बताउँछिन् । चाडपर्व नजिकिँदा तरकारीको मूल्य घटेकामा उनले खुशस् व्यक्त गरिन ।

अर्की गृहणी रन्जु दाहाल भन्छिन्, “एक महीना अघि पाँच सय रूपैयाँको तरकारी दुई दिन पनि पुग्दैनथ्यो, अहिले मूल्य घटेपछि घरखर्च चलाउन सजिलो भएको छ ।” विराटनगरस्थित थोक तथा खुद्रा बजारमा बिक्रीका लागि राखिएको भिन्डी, गेनारी साग, फर्सीको मुन्टा, परवल, करेला, बोडीलगायत तरकारी मोरङको कदमाहा, नयाँ बजार, हरैचा, सुनसरीको देवानगञ्जलगायत ठाउँबाट ल्याउने गरिएको छ । मूला, गोलभेँडा, धनियाँ, रायो, स्कूस र काउली धनकुटाको हिले र सिधुवाबाट व्यापारीले खरीद गरेर ल्याउने गरेका छन । –रासस

२०७६ साउन २८ गते प्रकाशित

वि.सं.२०७६ साउन २८ मंगलवार ०९:०८ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...