back
NMB ad

१७ लाख ४२ हजार युनिटले रसुवामा विद्युत् खपत घट्यो

Kumari bank ad

रसुवा । रसुवा जिल्लामा आर्थिक वर्ष ०७५/७६ मा विद्युत् खपत घटेको छ । जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–२, टिमुरेमा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनामा खपत युनिट घटेपछि जिल्लामा खपत युनिट घटेको हो ।

नेपाल विद्युत् प्राधिकरण धुन्चे वितरण केन्द्रका अनुसार अघिल्लो वर्ष एक करोड आठ लाख ९६ हजार युनिट विद्युत् मात्रै बिक्री भएको छ । यो आव ०७४/७५ को तुलनामा १७ लाख ४२ हजार युनिट कम हो ।

आव ०७४/७५ मा एक करोड २६ लाख ३८ हजार युनिट विद्युत् बिक्री भएको थियो । जिल्लामा जलविद्युत् आयोजनामा वार्षिक ७१ लाख ७८ हजार पाँच सय ५१ युनिट विद्युत खपत भएको केन्द्रले जनाएको छ ।

नेपाल विद्युत् प्राधिकरण धुन्चे वितरण केन्द्रका अनुसार आव ०७४र७५ मा एक करोड १५ लाख १३ हजार रुपैयाँ रकम संकलन गरेकामा आव ०७५र७६ मा एक करोड दुई लाख सात हजार रुपैयाँ संकलन भएको छ ।

जिल्लामा निर्माण भइरहेका जलविद्युत् आयोजनामा खपत बढे जिल्लामा खपत बढ्ने र आयोजनामा घटे खपत पनि कम हुने केन्द्र प्रमुख कृष्णहरि दाहालले बताए । जिल्लामा आठ हजार दुई सय १८ ग्राहक रहेका छन ।

चालु आवमा खपत युनिट कम हुने भएपनि अर्को वर्ष जिल्लामा खपत युनिट उच्च हुने आँकलन गरिएको छ। जिल्लामा निर्माण हुने आयोजना थपिँदै गएका कारण विद्युत् बिक्री बढ्ने देखिएको हो ।

२०७६ साउन २८ गते प्रकाशित

वि.सं.२०७६ साउन २८ मंगलवार १३:३८ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...