back
NMB ad

उमेर हद कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

Kumari bank ad

काठमाडौं । सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतको उमेरमा हदबन्दी लगाउने नेपाल राष्ट्र बैंकको निर्णय कार्यान्वयन नगर्न अन्तरीम आदेश जारी गरेको छ ।

प्रमुख कार्यकारी अधिकृत (सीईओ) को उमेरहद तोकेपछि त्यसविरुद्ध प्राइम कमर्शियल बैंकका सीईओ नारायणदास मानन्धरले साउन २२ गते उक्त व्यवस्था खारेजीको माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।

सोही मुद्दामा सर्वोच्चले प्राइम बैंकका सीईओ मानन्धरको पक्षमा मंगलबार अन्तरिम आदेश जारी गरेको हो । साथै अन्तरिम आदेशले सीईओ मानन्धरलाई यथास्थानमा कामकाज गर्न दिन पनि केन्द्रीय बैंकलाई निर्देशन दिएको छ ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलाशले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ अनुसार न्यूनतम २५ वर्षको सीमा तोकेको तर अधिकतम उमेरको सीमा नतोकेको भन्दै केन्द्रीय बैंकको उक्त व्यवस्थालाई हाल कार्यान्वयन नगर्न र सीईओ मानन्धरलाई निरन्तर काम गर्न दिन अन्तरिम आदेश दिएको खवर आर्थिक अभियान दैनिकमा छ ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ अनुसार केन्द्रीय बैंकले उमेर हदसम्बन्धी नयाँ व्यवस्था गरेको भएता पनि सो ऐनमा उमेर हद तोक्ने अधिकार राष्ट्र बैंकलाई नभएको सर्वोच्चले बताएको छ ।

२०७६ साउन २९ गते प्रकाशित

वि.सं.२०७६ साउन २९ बुधवार ०८:२९ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...