काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०७५०७६ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
सार्वजनिक विवरण अनुसार बैंकको खुद नाफा १३३.१५ प्रतिशतले बढेर १० करोड ७६ लाख ३१ हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष यसै अवधिमा बैंकले ४ करोड ६१ लाख ६३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकले खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढाएको छ ।
चौथो त्रैमाससम्म आइपुग्दा सांग्रिलाको रिजर्भ कोष ५४.८६ प्रतिशतले बढेर ४५ करोड ९९ लाख ७७ हजार रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ५३ पैसा र प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ २१ पैसा छ ।
२०७६ साउन २९ गते प्रकाशित
वि.सं.२०७६ साउन २९ बुधवार १२:१६ मा प्रकाशित