back
NMB ad

एनएमबि बैंकको खुद नाफा प्रतिशतमा आकर्षक वृद्धि

Kumari bank ad

काठमाडौं  । अघिल्लो वर्ष १ अर्ब ८५ करोड ३७ लाख खुद नाफा आर्जन गरेको एनएमबि बैंकले आर्थिक वर्ष २०७५/७६ को अन्त्यससम्म आइपुग्दा २ अर्ब ३१ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

गत वर्षको यहि समयावधिको तुलनामा यो नाफा २४.६१%  ले बढी हुन आउँछ । यसका साथै बैंकको खुद ब्याज आम्दनी ४६.९१% बाट बढेर ४ अर्ब २६ करोड ६१ लाख रुपैयाँ पुगेको बैंकले जनाएकोछ । बैंकको खुद ब्याज आम्दानीका साथ साथै सञ्चालन नाफा पनि अघिल्लो वर्षको तुलनामा २८.०२% ले बढेर ३ अर्ब २७ करोड ८७ लाख रुपैयाँ पुगेको छ ।

यसका साथै बैंकको कस्ट अफ फन्ड पनि ०.२०% ले घटेको छ । यि सम्पूर्ण पक्षले बैंकको खुद नाफा बृद्धिलाई सहयोग पुर्याएको हो । यसका अलावा निक्षेप संकलन र कर्जा लगानी पनि क्रमशः १६.५८% र २१.७०% ले बढेको छ ।

बैंकको रिटेन्ड अर्निङ भने २३.३५% ले घटेर १ अर्ब ७९ करोड २९ लाख रहेको छ । बैंकको प्रतिसेयर आम्दानी (वार्षिक) २४ रुपैयाँ ९ पैसा र प्रतिसेयर नेटवर्थ १८१ रुपैयाँ ४९ पैसा रहेको छ । वितरण योग्य नाफा भने १ अर्ब २७ करोड ४७ लाख ९३ हजार रुपैयाँ छ ।

२०७६ साउन ३० गते प्रकाशित

वि.सं.२०७६ साउन ३० बिहीवार ११:३० मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...