काठमाडौं । मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा बैंकको अधिकांश सूचकमा आकर्षक सुधार देखिएको छ ।
वित्तीय विवरणमा खुद नाफा ३६.९८ प्रतिशतले बढेर ८५ करोड ३२ लाख १ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकले ६२ करोड २८ लाख २१ हजार रुपैयाँ नाफा कमाएको थियो । मुक्तिनाथको वितरण योग्य नाफा ५८ करोड ६९ लाख ९२ हजार रुपैयाँ छ ।
बैंकको चुक्ता पुँजी १८.२५ प्रतिशत र बैंकको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ५२ पैसाले बढेर २७ रुपैयाँ ८४ पैसा पुगेको छ ।
२०७६ साउन ३१ गते प्रकाशित
वि.सं.२०७६ साउन ३१ शुक्रवार १२:०४ मा प्रकाशित