back
NMB ad

सिभिल बैंकले कमायो ७६ करोड ४ लाख मुनाफा

Kumari bank ad

काठमाडौं ।  सिभिल बैंकले आर्थिक वर्ष २०७५/७६को चौथो त्रैमाससम्म आइपुग्दा ७६ करोड ४ लाख ७ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ ।

अघिल्लो वर्षको तुलनामा नाफा २०.७२ प्रतिशतले बढी हो । अघिल्लो वर्ष यसै अवधिमा बैंकले ६२ करोड ९८ लाख ९९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको वितरण योग्य नाफा ५५ करोड ६९ लाख ८६ हजार रुपैयाँ रहेको छ ।

खुद ब्याज आम्दानी पनि अघिल्लो वर्षको तुलनामा ५६.३६ प्रतिशतले बढेर २ अर्ब २० करोड २२ लाख २ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष १ अर्ब ४० करोड ८३ लाख ९७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । सञ्चालन नाफा यस अवधिमा २३.२१ प्रतिशतले बढेर १ अर्ब २१ करोड १९ लाख ६८ हजार रुपैयाँ पुगेको छ । ब्याज आम्दानी र सञ्चालन नाफा दुवै माथि लागेपछि खुद नाफा बढाउन सहयोग पुगेको हो ।

असार मसान्तसम्म सिभिलको चुक्ता पुँजी ८ अर्ब ३३ लाख ९० हजार रुपैयाँ छ । जगेडा कोषमा १ अर्ब ६१ करोड ९ लाख १८ हजार रुपैयाँ जम्मा भएको छ । अघिल्लो वर्ष यतिबेला जगेडा कोषमा १ अर्ब ४८ करोड ४५ लाख ९७ हजार रुपैयाँ थियो । बैंकको रिटेन्ड् अर्निङमा ६२ करोड ८१ लाख ३३ हजार रुपैयाँ रहेको छ ।

सिभिलले असार मसान्तसम्म ४२ अर्ब २ लाख ३४ हजार रुपैयाँ निक्षेप संकलन गरी ४२ अर्ब ६९ करोड ४२ लाख ७२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको देखिन्छ । यस्तै, बैंकको खराब कर्जा ०.२८ प्रतिशतले घटेर २.३७ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष खराब कर्जा २.६५ प्रतिशत थियो ।

प्रतिसेयर आम्दानी गत वर्षको तुलनामा ८२ पैसाले बढेर ९ रुपैयाँ ५ पैसा पुगेको छ । गत प्रतिसेयर आम्दानी ८ रुपैयाँ ६८ पैसा थियो । यस अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १२७ रुपैयाँ ९८ पैसा छ ।

२०७६ भदौ १ मा प्रकाशित

वि.सं.२०७६ भदौ १ आइतवार १०:३२ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...