back
NMB ad

२० हजार स्वास्थ्यकर्मीले अझै बुझेनन् समायोजनपत्र

Kumari bank ad

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतका २० हजार कर्मचारीले अझै समायोजनपत्र बुझेका छैनन । हाल सेवामा २७ हजार चार सय १७ स्वास्थ्यकर्मी छन ।

तीमध्ये गत महिना सात हजार कर्मचारीले मात्रै समायोजनपत्र बुझेका छन । त्यसैले स्वास्थ्यकर्मीको समायोजनले पूर्णता पाउन अझै लामो समय लाग्ने देखिएको छ ।

समायोजनमा चित्त नबुझेको भन्दै सात हजारभन्दा बढी कर्मचारीले गुनासो फारम भरेका छन । आफूलाई पायक पर्ने ठाउँमा जान पाउनुपर्ने ती कर्मचारीको जिकिर छ । ती गुनासोका सुनुवाइ हुन बाँकी रहेको मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक शम्भु काफ्लेले जानकारी दिनुभएको छ  । गुनासो भर्नेको समायोजन पनि बाँकी रहेको उहाँले बताउनुभयो ।

काफ्लेका अनुसार चौथो, पाँचौँ र छैटौँ तहका स्वास्थ्यकर्मीको समायोजन रोकिएको छ । मन्त्रालयअन्तर्गत अनमि र अहेव मात्रै २१ हजार छन । गुनासो भर्नेमध्ये धेरैजसो अनमि र अहेव नै छन ।

उनीहरूको समायोजन रोकिएकाले अन्य १३ हजार कर्मचारीले समेत पत्र पाउन सकेका छैनन । गुनासो दर्ता गर्ने र नगर्ने बाँकी कर्मचारीलाई एकैपटक पत्र दिने भएको खबर नयाँ पत्रिका छापिएको छ ।

२०७६ भदौ २ गते प्रकाशित

वि.सं.२०७६ भदौ २ सोमवार ०८:०० मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...