back
NMB ad

दीक्षितको निधनमा शोकसभा, आज प्रज्ञा–प्रतिष्ठान कार्यालय बन्द

Kumari bank ad

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व उपकुलपति, आजीवन सदस्य एवम् मूर्धन्य साहित्य साधक मदनमणि दीक्षितको निधनमा प्रज्ञा–प्रतिष्ठानमा शोकसभाको सम्पन्न भएको छ ।

प्रज्ञा–प्रतिष्ठानद्वारा देवकोटा सभाकक्षमा आयोजित शोकसभामा बोल्दै कुलपति गङ्गाप्रसाद उप्रेतीले पूर्वीय दर्शन र वैदिक वाङ्मयका विशिष्ट साधक दीक्षितले प्रज्ञा–प्रतिष्ठानमा उपकुलपति हुँदा नेपाली साहित्यलाई विश्वस्तरमा पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, “उहाँको भौतिक शरीर हामीबिच नरहेता पनि उहाँका सत्कर्म, कृति र योगदानका कारण उहाँ सदैव अमर रहिरहनुहुने छ ।”

दीक्षित उपकुलपति हुँदा प्राज्ञ परिषद् सदस्य रहनुभएका पूूर्व कुुलपति बैरागी काइँलाले दीक्षितसँग काम गर्दाका सम्झनाहरू सुनाउँदै उहाँ अभिभावक भएको बताउनुभयो । उहाँले विशिष्ट विद्वान्हरूमा फरक स्वभाव र चरित्र पाइने दाबी गर्दै त्यस्तो स्वभाव दीक्षितमा पनि पाएको उल्लेख गर्नुभयो । वैदिक वाङ्मयका विशिष्ट साधक दीक्षित आफ्नो ब्रम्हले देखेका कुरा लेख्ने आँटिला लेखक भएको काइँलाको दाबी थियो ।

दीक्षितको व्यक्तित्व तथा कृतित्वमाथि प्रज्ञा–प्रतिष्ठानका पूर्व उपकुलपति तथा वरिष्ठ समालोचक प्रा.डा. वासुदेव त्रिपाठीले प्रकाश पार्नुभएको थियो । उहाँले माक्र्सवादी दर्शन र पूर्वीय तथा वैदिक दर्शनलाई फ्युजन गरेर उत्कृष्ट सृजना गर्नुहुने दीक्षितले नेपाली आख्यान साहित्य जगत्लाई समृद्ध बनाएको विचार व्यक्त गर्नुभयो । भन्नुभयो, “दीक्षित युगको पनि महायुग हुनुहुन्थ्यो ।”

नेपाली पत्रकारिता क्षेत्रमा समेत उल्लेखनीय योगदान दिनुभएका दीक्षित जीवनको उत्तराद्र्धमा पनि निरन्तर साधनामा तल्लीन हुनुहुन्थ्यो । प्रा.डा. त्रिपाठीले भन्नुभयो, “आफ्नो हात कलम चलाउन असमर्थ हुँदा पनि लेखन सहयोगी राखेर उहाँले लेखिनै रहनुभयो ।” आफैँले लेख्न असमर्थ अग्रज स्रष्टाहरूलाई प्रज्ञा–प्रतिष्ठानले लेखन सहयोगीको व्यवस्था गरिदिनुपर्ने उहाँको सुझाब थियो ।

शोकसभामा सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले प्रज्ञा–प्रतिष्ठानद्वारा तयार पारिएको शोकप्रस्ताव सुनाउनुभएको थियो । पूर्व उपकुलपति तथा आजीवन सदस्य स्व. दीक्षितको शोकमा भदौ २ गते सोमबार प्रज्ञा–प्रतिष्ठान कार्यालय बन्द रहने कुलपतिले जानकारी गराउनुभयो ।

निमोनियाबाट ग्रसित दीक्षितको ९८ वर्षको उमेरमा साउने ३० जनैपूर्णिमाका दिन आफ्नै निवासमा निधन भएको थियो । दर्जनभन्दा बढी उत्कृष्ट कृतिका स्रष्टा दीक्षितले ‘माधवी’ उपन्यासका लागि मदन पुरस्कार प्राप्त गर्नुभएको थियो ।

२०७६ भदौ २ गते प्रकाशित

वि.सं.२०७६ भदौ २ सोमवार ०९:१८ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...