back
NMB ad

नेको इन्सुरेन्सको खुद नाफा ३४ करोड ३६ लाख

Kumari bank ad

काठमाडौं । नेको इन्सुरेन्सले गत आर्थिक वर्षको अन्त्यसम्ममा खुद नाफा ३४ करोड ३६ लाख ४६ हजार पुर्याएको छ । अघिल्लो वर्ष भन्दा नाफा १३.६२ प्रतिशतले धेरै हो । अघिल्लो वर्ष नेकोले ३० करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस इन्सुरेन्सले खुद बिमा शुल्क पनि १६.२४ प्रशितले बढाएर १ अर्ब १४ करोड ५१ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष नेकोले ९८ करोड ५१ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीले यो त्रैमास सम्ममा ५५ करोड ४६ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ भने ४० करोड ६६ लाख रुपैयाँ कुल भुक्तानी हुन बाँकी छ ।

यस्तै, बिमा कोषको आकार ३९.४७ प्रतिशतले बढेर ६० करोड ७४ लाख रुपैयाँ पुगेको छ । चुक्ता पुँजी १ अर्ब १७ करोड ३२ लाख रुपैयाँ रहेको नेकोको रिजर्भ फन्डमा ४६ करोड ३७ लाख रुपैयाँ छ ।

प्रतिसेयर आम्दानी २९ रुपैयाँ २२ पैसा रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ भने १९५ रुपैयाँ ९० पैसा छ ।

२०७६ भदौ २ गते प्रकाशित

वि.सं.२०७६ भदौ २ सोमवार ११:१७ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...